काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त हुने भएका छन् ।
मंगलवार बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी हाल न्याय परिषदका सचिव छन् । मुख्य रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुन्छ ।
यसअघि मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो ।
यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ । विशिष्ट श्रेणीसरहका यी दुवै पदमा नेपाल सरकार मन्त्रिपरिषद्ले बढुवाको निर्णय गर्छ ।
न्याय सेवा आयोगको सिफारिसपछि प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले ढकाललाई मुख्य रजिष्ट्रार र पौडेललाई रजिष्ट्रार नियुक्त गर्नेछन्।
वि.सं.२०८० पुस १८ बुधवार ११:४२ मा प्रकाशित























