काठमाडौं । निरन्तर बढिरहेको सुनको भाउ आज साताको चौथो दिन भने तोलामा दुई सयले सस्तिएका छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ८ सय कायम भएको छ भने हिजो १ लाख २१ हजारमा कारोबार भएको थियो ।
त्यसतै आज तेजावी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँमा कायम भएको छ भने हिजो १ लाख २० हजार ४ सय रुपैयाँम कारोबार भएको थियो
त्यस्तै, आज चाँदीको मूल्यपनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८० पुस १८ बुधवार १२:०९ मा प्रकाशित




























