काठामडौं । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सुरू भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन् ।
यसअघि कोभिडका कारण बैंठक बस्न सकेको थिएन । तीन वर्षपछि बसेको बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।
बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो ।
सिंहदरबारमा उर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका उर्जासचिव गोपाल सिग्देल र भारतका उर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए ।
बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आइपुगेका थिए । मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
वि.सं.२०८० पुस १९ बिहीवार १४:०६ मा प्रकाशित






























