प्रेम परियार, नर्बे, ओस्लो । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको बिशेष साधारणसभा सम्पन्न भएको छ ।
डिसेम्बर ३० मा परिषदको कार्यालय ओस्लो र अनलाइनमार्फत छलफल गरी सम्पन्न विशेष साधारणसभा परिषदको मौजुदा बिधानमा नर्बेको स्थानिय कानुनसंग बाझिएका केहि बुंदाहरु संसोधनका निम्ति आयोजना गरिएको थियो ।
डेनमार्कस्थित नेपाली राजदुत प्रा.डा.राम स्वार्थ रायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त विशेष साधारणसभामा सम्बोधन गर्दै राजदुत रायले नर्वे–नेपाल सम्बन्धका बिबिध आयाम र विषयमा प्रकाश पारेका थिए ।
नेपालको सांस्कृतिक र प्राकृतिक बिबिधताको प्रचार गर्दै नेपालमा पर्यटन आकर्षणमा जोड दिँदै नेपालमा लगानीका सम्भावनाका धेरै क्षेत्रहरु रहेको र त्यसतर्फ एनआरएनएको ध्यान जानेमा आफू विश्वस्त रहेको बताए ।
राजदूत रायले परिषदको नयाँ वेबसाइट www.nrna.no को समेत उद्घाटन गर्दै सुचना प्रबाहको निमित्त यो अत्यन्तै महत्वपूर्ण कार्य रहेको भन्दै परिषदलाइ शुभकामना व्यक्त गरेका थिए । उक्त साइटको निर्माण संस्थाका उपाध्यक्ष अनुश खड्का र सचिब प्रबिन पराजुलीबाट गरिएको थियो ।
सभालाइ सम्बोधन गर्दै परिषदका अध्यक्ष बिष्णु गौतमले डेनमार्कस्थित नेपाली दुताबासद्वारा संचालन हुदै आएको घुम्ती सेवाको निरन्तरता र ओस्लोमा नेपाली कन्सुलेट स्थापनार्थ पहल गरिदिन राजदुत समक्ष अनुरोध गरेका थिए । साथै उनले बिशेष साधारणसभा सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यबाद व्यक्त समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै संघका युरोप उपसंयोजक राजु अर्यालले आगामी दिनमा एनआरएनले गर्न लागेका विभिन्न कार्यक्रमहरुको जानकारी गराएका थिए ।
कार्यक्रममा परिषदका संरक्षक प्रा डा बिशाल कुमार सिटौलाले संघमा देखियको बिबाद समाधान गर्न सबै अभियन्ताहरुले पहल गर्नुपर्ने र संघको पुरानो गरिमालाइ पुन कायम गर्न जरुरी रहेको बताए ।
परिषदका विभिन्न आयामहरुमा सुझाब दिदै संरक्षक संजिव कुमार थापाले कार्यसमिति समयसापेक्ष चुस्त बन्दै आफ्ना गतिबिधिहरुको स्तरोन्नति गर्दै जानु पर्ने बताए । बिधानलाइ स्थानिय कानुन सम्मत बनाउनुको विकल्प नरहेको बताउदै परिषद संरक्षक जीवन बहादुर शाहीले कार्यक्रम सफलताको शुभकामना दिए ।
त्यस्तै सल्लाहकार शालिकराम अर्याल, निबर्तमान युरोप युवासंयोजक किरण गुरुङ, नेस्को नर्वेका अध्यक्ष शैलेश धिताल, जनप्रगतिशिल मंच नर्वेका अध्यक्ष डिलाराम चापागाईं, जनसम्पर्क समिति नर्वेका महासचिब पारसमणि मिश्र लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सिता श्रेष्ठ सिवानीले स्वागत मन्तब्य दिएका थिए भने महासचिब इश्वरी प्रसाद खनालले कार्यक्रम संचालन गर्नु भएको थियो ।
साधारणसभाको बन्दसत्र बिधान समितिका सदस्य कविन्द्र ढकालको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा बिधानमाथि प्राप्त सुझाबहरु उपर छलफल पश्चात आगामी दिनमा उमेद्वार शुल्क नलिने गरि संसोधित बिधान सर्बसम्मत रुपमा पारित गरिएको थियो ।
ओस्लो नगरपालिकासँग सहकार्य गर्दै आएको परिषदको बिधान स्थानिय कानुनसंग बाझिएकोले उक्त संसोधनको लागि नियमनकारी निकायले सुझाएको थियो ।
वि.सं.२०८० पुस १९ बिहीवार १३:५७ मा प्रकाशित






























