back

तर अब चाहिं यत्ति भन्नैपर्छ ..

वि.सं.२०८० पुस १९ बिहीवार

1.4K 

shares
RBB AD
NTC AD

दिक्षा पाण्डे ‘हिरा’
हाम्रो देश र हाम्रो देशका शासन व्यवस्थाहरु पुर्णरुपमा असफल सावित भैसकेका छन् । यिनीहरु अहिले देखि होइन, सदियौं देखिनै असफल थिए, अहिले पनि त्यसको निरन्तरता छंदै छ ।

भोट किनेर चुनाव जित्ने शासन व्यवस्थाले तपाईँ हामीलाई दिने यहि नैं हो । यो दलाल तथा नोकरशाहि पुंजिवादले संसारमा हामीलाई मात्रै होइन, संसारभरी, सवैलाइ यसैगरी रुवाएको छ । मुठ्ठिभरका केहि मान्छेको कव्जामा छ विश्वको पुंजि अर्थात् सम्पति ।

ति पुंजिपतीहरु अहिले विश्वका ६/७ अर्व मानिसका मालिक हुन् । उनिहरुले हजारौं तिकडम लगाएर त्यो पुंजि अर्थात् त्यो पैसा अर्थात त्यो धन दौलत जोड्न सफल भएका हुन् । त्यो धन दौलत जोड्न, विश्वका धेरै मान्छेलाई सहिद गराइएको छ । थुप्रै मान्छेहरु मारिएका छन् ।

कोरिया जानका लागि भिसाा आवेदन दिन नपपाएर प्रदर्शनमा उत्रिदा मारिएका ति भाईहरुलाई मार्ने मुख्य नाईकेहरु पनि तिनै पुंजिपतिहरु हुन् । हाम्रो सरकार तिनै पुंजिपतीहरुको कठपुतली हो भन्दा फरक पर्दैन, जस्को कुनै फरक अस्तित्व नै छैन ।

म पनि अहिले विदेशमा छु । म यहां कुनै पनि काम गर्न स्वतन्त्र छैन । मैंले केहि पुंजि कमाउन यिनीहरुका कडा शर्त पालना गर्नुपर्छ । मेरो दायरा तोकिएको छ । त्यो दायरा मिट गर्न नसकेको खण्डमा मलाई असफल वनाइन्छ र मलाई जतिवेला पनि यहांवाट लखेटिन्छ । अहिले जापानबाट नेपालीहरु छिन–छिनमा लखेटिन्छन् । कारण ? पुंजीवादले मान्छेको अस्तित्व स्विकारेकै छैन । उनिहरुले जम्मा गरेको त्यो पुंजी हामीले पाउन, हामीले हाम्रो सारा अस्तित्वै नै गुमाउनु पर्छ । पाईपाईमा उनिहरुका कडा शर्त पालना गर्नुपर्छ । त्यो वेला म त मान्छे नै होइन, कुनै रोवर्ट हुं जस्तो लाग्छ । निरीह मान्छे लाग्छ । आंफैप्रति दया जाग्छ ।

तपाईँ जति नै विद्धवान र वुद्धिमान नै किन नहुनुहोस्, तपाईँको र मेरो हैसियत एउटा चराको जति मात्रै हो । विश्वका पुंजिपति अर्थात मालिकहरु र तिनका अनुयायीहरुले हामी सम्पूर्ण कामदारलाई चारो हाल्दिन्छन्, हामी मध्ये टाठा–ेवाठोले अलि वढि दिमाग चलाएर अलि धेरै चारो खाने मात्रै हो । त्यो चारोको नाम नेपालीमा ‘तलव‘ हो ।

नेपालीहरु विदेशमा आंफुलाई वेच्न जाने हो । त्यो पनि शर्त सहित वेचिने हो । हामी कामदार हौं, त्यहाँं हाम्रो कुनै मूल्य र अस्तित्व नै हुंदैन । काम गर्न नसकेको खण्डमा कुनै पनि वेला हामी त्यहांवाट अयोग्य भएर निस्कन पर्छ । मान्छे आंफैमा कहिल्यै पनि असफल र अयोग्य हुन्छ र ? यदि शर्तहरुनै राख्ने हो भने, तिनै पुजीपतीहरु पनि कहां हरेक कुरामा योग्य छन् त नि !

अवको युवा पुस्ताले देशको सिमाभित्र रहेर होइन कि, सिमालाई नैं नाघेर, अन्तराष्ट्रिय रुपमा नै, तिनीहरुले अनेक तिकडम गरेर जम्मा पारेको सम्पतिमा आफ्नो हिस्सा खोज्न सक्नुपपर्दछ । हाम्रो देशका मालिकहरु अर्थात शासकहरु सधैँ उनिहरुले शर्त सहित दिएको अनुदानमा चल्न वाध्य छन् । त्यो विरासत तोड्न, सानो तिनो चेतना र संघर्षले हुंदैन । देश स्वतन्त्र रुपले चल्न, त्यहि देशको लगानी र स्वामित्वमा, रोजगार सिर्जना हुनुपर्छ । जहां हरेक कामहरु आफ्नो स्वेच्छा र दिमागले गर्न पाइयोस् ।

अन्त्यमा :– नेपालमा मान्छे अर्थात युवाहरु अनेक वाहानामा दिनहुं मारिंदै आएका थिए, हिंजो पनि मारिए र निरन्तर मारिइरहनेछन् । हिंजो कोरिया नजांदै मारिए, अरु छ जना नेपाली १ हप्ताको विचमा कोरियामा नै मरेछन् रसिया र युक्रेनको लडाइमा परेर त्यसरी नै नेपाली युवा मारिएको समाचार आइरहेका छन् । ति मान्छे आंफै मरेका होइन्, ति पनि मालिकको कडा सेवा गर्दा गर्दै, आंफुलाई समय दिन नपाएर मरेका हुन् । विदेश हुने तपाईँ हामी कतिवेला, कहां कसरी मरिन्छ थाहा हुन्न है, ढुक्क हुनुहोस् ।

किन कि पुंजिवादमा मानविय संवेदनाको कुनै मूल्य नै हुंदैन । मालिकहरु मात्रै श्रम चाहान्छन् । श्रम गर्दा एउटा मरे, उस्ले अर्को ल्याउँछ । उस्लाई मान्छे मर्नु र लांमखुट्टे मर्नुमा कुनै भिन्नता नै छैन ।

के हाम्रो अस्तित्व यहि नै हो त ?
अतहः– प्रिय भाईहरु तिमीहरु प्रति हार्दिक श्रद्धासुमन । परिवारलाई यो वज्रपात सहने शक्ति प्रकृतिले प्रदान गरोस् !

 

 

वि.सं.२०८० पुस १९ बिहीवार १४:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

महोत्तरी । प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी...

पालिकाले दिने भयो किसानलाई  ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

पालिकाले दिने भयो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

गोदावरी (कैलाली) । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध...

विश्वासको मतका लागि प्रधानमन्त्रीद्वारा  संसद सचिवालयमा पत्राचार

विश्वासको मतका लागि प्रधानमन्त्रीद्वारा  संसद सचिवालयमा पत्राचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयलाई...

बनेपामा ‘कौसीखेती’ कार्यक्रममा तिब्रता, एक हजार घरमा ‘कौसीखेती’

बनेपामा ‘कौसीखेती’ कार्यक्रममा तिब्रता, एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन...

कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै

कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक...

आगामी दुई दिन गर्मी अझै बढ्ने, सावधानी अपनाउन आग्रह

आगामी दुई दिन गर्मी अझै बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...