back
CTIZAN AD

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाताको नामावली प्रकाशन गरिने

वि.सं.२०८० पुस २२ आइतवार

1K 

shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाताको नामावली प्रकाशन गरिने भएको छ । राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न आगामी माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदाताहरूको अन्तिम नामावली प्रकाशन गर्ने भएको हो ।

आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाता छन् । गत पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक मतदाता नामावलीमा कोही छुटेको भए समावेश गर्न, कुनै मतदाताको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन भनिएको थियो ।

ती सबै प्रक्रिया पूरा गरेर निर्वाचन आयोगले आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जना चुनावबाट चुनिनेछन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

राष्ट्रिय सभामा पद खाली हुनुभन्दा एक महिनाअगावै निर्वाचन गरी पदपूर्ति गर्ने कानुनी व्यवस्था छ । उक्त चुनावका लागि भोलि (पुस २३ गते) सातै प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

वि.सं.२०८० पुस २२ आइतवार ११:२९ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...