काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ सुचिकृत भएको छ । कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेले हिमालयनको पहिलो शेयर कारोबारको लागि १०३.७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको एचआरएल सिम्बलबाट कारोबार हुने छ ।
हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।
वि.सं.२०८० पुस २२ आइतवार १४:२२ मा प्रकाशित



























