back
CTIZAN AD

लिम्बू जातिले मनाए नयाँ वर्ष

वि.सं.२०८० माघ १ सोमवार

1.1K 

shares

म्याङलुङ (तेह्रथुम) । माघ १ गते लिम्बू जातिले मान्दै आएको कुुसङ तङ्वे (नयाँ वर्ष) तेह्रथुममा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । आजदेखि लिम्बू समुदायको पुरानो संवत् ५०८३ फेरिएर ५०८४ मा प्रवेश गरेको छ ।

येले तङ्वे तथा कक्फेक्वा तङ्नामका अवसरमा तेह्रथुमको म्याङलुङस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए । लिम्बू भाषामा तङ्नामको अर्थ पर्व कक्फेक्वाको अर्थ चापको फूल र यो समय चाप फुल्ने भएकाले यो पर्वलाई कक्फेक्वा तङ्नामका रुपमा परापूर्वकालेखि नै लिम्बू समुदायले मनाउँदै आएको म्याङलुङ–१ का बलदेव तुम्बाहाङ्फेले बताए ।

साहित्यकार देवेन्द्र खापुङ सुर्केलीका अनुसार लिम्बू जातिले कृषि युगमा प्रवेश गरेपछि वर्षभरलाई चार ऋतुमा विभाजन गरेका थिए । पात्रोको निर्माण हुनुअघिको समयलाई मौसम परिवर्तनअनुसारको ऋतुमा विभाजन गरिएको हो । अन्नपात सकिएर तरुल, भ्याकुर, कन्दमूलसमेत खाएर जीवनयापन गर्नुपर्छ भनेर पुस, माघ र फागुनको समयमा कक्फेक्वा ऋतु बनेको हो । त्यसपछिको ऋतु यक्वा अर्थात् खडेरी पर्ने भएकाले पानी माग्ने गरिन्छ । बीउबिजन लगाएर फल्न फुल्न थालेपछिको ऋतु सिसेक्वा र बालीनाली पाकेपछि थन्क्याउने समय चासोक हो ।

कक्फेक्वा तङ्नामकै समयमा लिम्बू जातिले कुसङ् तङ्बे अर्थात् नयाँ वर्ष भनेर पनि मनाउँछन् । किरात राजा यलम्बरको शासनकालदेखि यता गनेर मानिने संवत्लाई लिम्बू जातिले येले तङ्बे भन्दछन् । याक्खा जातिले यले दोङ, वान्तबा राईहरुले येले दोङ, सुनुवारले येले थोचे भन्दछन् । जुन अहिले ५०८४ पुगेको छ ।

हिजै घर तरुल खनेर, वनतरुल खोजेर तयार पारेको आज बिहान काँचो तरुलको टीका लगाएर उसिनेको वनतरुल, घरतरुल, सेलरोटी खाँदै गाउँघरमा कक्फेक्वा तङ्नाम अर्थात् माघेसङ्क्रान्ति मनाउने तयारी गरिरहेको म्याङलुङ–९ का लक्ष्मी लिम्बूले बताए ।

त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मा मगर समुदायको सांस्कृतिक पर्व ‘माघ्या सकराँटी’ पर्व जिल्लाभरका मगर समुदाय भेला भएर मनाइरहेको नेपाल मगर सङ्घ माघ्या सकराँटी पर्व सारल्हेस व्यवस्थापन उपभोक्ता समिति तेह्रथुमका अध्यक्ष मीनबहादुर मगरले बताए । त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा माघे सङ्क्रान्तिका अवसरमा मेला, खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

 

वि.सं.२०८० माघ १ सोमवार १४:५० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...