back
CTIZAN AD

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, कारोबार रकम आठ अर्ब माथि

वि.सं.२०८० माघ २ मंगलवार

1.2K 

shares

काठमाडौँ । यो महिना बैंकहरुले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय छ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका सबै सूचक तथा उपसूचकहरु हरियो देखिएका छन् । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ३८, फ्लोट इन्डेक्स दुई दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ५९ प्रतिशतले बढेको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहको उपसूचक चार दशमलव ७५ र लगानी समूहको उपसूचक तीन दशमलव ७० प्रतिशतले बढेका छन् ।

पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २८ करोड ३१ लाख ५५ हजार आठ सय दुई बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार एक सय ३४ कित्ता शेयर किनबेच भएको छ ।

 

वि.सं.२०८० माघ २ मंगलवार १७:३९ मा प्रकाशित

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष...