काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
हाईड्रोपावरले सर्वसाधारणका लागि जारी गर्न लागेको २८,०५,७५० थान साधारण सेयरको प्रति सेयर अङ्कित मूल्य १०० का दरले कूल अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजार रुपैयाँ मात्रको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ ।
मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
लोवर इर्खुवा हाईड्रोको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित कार्यक्रममा ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवाको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।
ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।
वि.सं.२०८० माघ ३ बुधवार १४:२७ मा प्रकाशित

























