back
CTIZAN AD

कतार पुगेकी पूर्वमन्त्री झाक्रिले भनिन्– बिदेशबाट भोट हाल्ने कुरा सस्तो लोकप्रियता मात्र

वि.सं.२०८० माघ ३ बुधवार

1.4K 

shares

दोहा, कतार । पुर्व मन्त्री रामकुमारी झाक्रीले तत्काल बिदेशबाट भोट हाल्न मिल्ने कुरा लुतोलाई कन्नाएर आनन्द लिने जस्तो मात्रै भएको बताएकी छन् ।

कतार भ्रमणमा रहेकी पुर्व शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव झाक्रीले नेपालको वर्तमान अर्थतन्त्र र ब्यबस्थापनले बिदेशबाट भोट हाल्ने कुरा सस्तो लोकप्रियता र स्टनबाज मात्रै भएको बताइन् ।

झाक्रीले उच्चतम लोकतन्त्रको अभ्यास गर्ने आर्थिक रुपमा सम्पन्न मुलुकले पनि बिदेशमा भएका आफ्ना नागरिकलाई मताधिकारको अधिकारको दिन नसकेको भन्दै नेपालमा तत्काल कुनै सम्भावना नरहेको ठोकुवा गरिन् । निर्वाचन आयोगले पपुलारिटिको लागि बिदेबाट समानुपातिक भोट हाल्ने ब्यबस्था गर्ने भनेर हल्ला चलाए पनि ब्यबहारिक रुपमा त्यो सम्भव नरहेको झाक्रीले बताइन् ।

गुल्मी सेवा समाज कतारले आइतबार राती आयोजना गरेको सम्मान कार्यक्रम बोल्दै झाक्रीले श्रम स्वीकृत र अध्ययनको लागि एनओसी लिएर गएका नागरिक र नागरिकता त्यागेर गएका गैरआवासीय नेपाली बीच फरक छुट्टाउन सक्नुपर्ने बेला आएको बताइन् ।

हालै नेपाल सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिएको प्रति इङ्गित गर्दे झाक्रीले संसारमा दोहोरो नागरिकता र पासपोर्ट बोक्ने अधिकार कतै नभएकोले दोहोरो नागरिकताको सुविधा बारे सोच्नुपर्ने बताइन् ।

झाक्रीले नेपाल विकास उन्मुख देश भएकोले तत्कालीन अवस्थामा बिदेशबाट पुजी र सीप आउने अपेक्षामा कानुनमा केही सहजता दिन खोजिएको भएपनि त्यो व्यबहारमा हुन नसकेको बताइन् । खाडी लगायतका मुलुकबाट इमानदारीपूर्वक रेमिट्यान्स भित्रिएको भएपनि अन्य मुलुकमा अध्ययन र ब्यापारका नाममा हुन्डी मार्फत ठूलो मात्रामा पुजी बाहिरिएको भन्दै झाक्रीले चिन्ता व्यक्त गरिन् ।

समाज सेवाको लागी खाडीबाट ठूलो रकम उठाईने तर त्यो कतिपय ठाउँमा दुरुपयोग भएको आफुले देखेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरिन् । हरियो (हाल खैरो ) पासपोर्ट बोक्ने नेपाली श्रमजीवीले संकलन गरेको पैसमा युरोप र अमेरिकाका केही मान्छे नेता बनेको भन्दै झाक्रीले एनआरएनए छोडेर श्रमिकहरुको अर्को प्लेट फर्म खोज्न सुझाव समेत दिइन् ।

 

वि.सं.२०८० माघ ३ बुधवार १४:१८ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...