back
CTIZAN AD

रूसी सेनामा भर्ती भएका र मृत्यु भएका युवाबारे सांसद माझीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०८० माघ ३ बुधवार

1.3K 

shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य उर्मिला माझी पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रूसी सेनामा भर्ती भएका युवाहरूका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरारएकी छन् ।

सांसद माझीले रूसी सेनामा भर्ती भएका युवाहरुलाई तत्काल नेपाल फर्काउने वातावरण बनाइदिन तथा हालै मृत्यु भएका दुधपोखरी गाउँपालिका वडा नं १ का साजन गुरूङको शव ल्याउन पहल गरिदिन ध्यानाकर्षण गराएकी हुन् ।

लमजुङबाट माओवादी केन्द्रको तर्फबाट संसदमा प्रतिनिधित्व गरेकी सांसद माझीले बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी हुन् ।

भेटबारे जानकारी दिँदै सांसद माझीले प्रधानमन्त्रीले गम्भीरता साथ विषयलाई लिएको पाएको बताइन् । भेटमा सँगै रहेका प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले विषय अत्यन्त गम्भीर भएको र यस विषयमा सरकारले रूसी सरकारसँग युवाहरूलाई भर्ती नगर्न, गरेको भएमा फिर्ता गराईदिन र नेपाली नागरिक युवाहरूलाई पनि स्वदेश फर्कन आग्रह गरिसकेको बताए । साथै साजन गुरूङको मृत्युको सम्वन्धमा पनि कुटनैतिक तवरबाट यथासिघ्र पहल गर्न निर्देशन दिएको बताए ।

सांसद माझीले हाल सम्म लमजुङबाट ७ जना युजाहरू रूसी सेनामा भर्ती भएको जानकारी आएको र थप जानकारी संकलन भइरहेको बताइन् ।

 

वि.सं.२०८० माघ ३ बुधवार १४:१० मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...