back
CTIZAN AD

मन्त्री शर्मा भन्छिन् विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ

वि.सं.२०८० माघ ३ बुधवार

891 

shares

कीर्तिपुर (काठमाडौँ) ।सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छिन् ।

सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताइृन् ।

सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ । मन्त्री शर्माको उपस्थितिमा विभागका प्रमुख सरविन सायमी र सोसाइटिका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरे ।

“विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान र त्यहाँबाट शैक्षिक उपाधि पाएका विद्यार्थी बजारमा तत्काल बिक्दैनन् भन्ने धारणालाई गलत साबित गर्न पनि शैक्षिक कार्यक्रमलाई खपतकर्ता उद्योगको आवश्यकतासँग जोड्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयोे । उहाँले श्रम बजारमा जाने हरेकलाई सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिसँग अभ्यस्त गराउन तालिम दिइनुपर्नेमा जोड दिनुभयो । “अहिले विद्यार्थी कम भए भनिएका शैक्षिक कार्यक्रममा पनि यही तरिकाले आकर्षक बनाउन सकिन्छ” , उनले भने ।

सूचना प्रविधि अन्तरराष्ट्रिय प्रतिस्पर्धाको विषय भएको र त्यसबाट विद्यार्थीले घरमै बसेर पनि विदेशी मुद्रा आर्जन गर्न सक्ने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अझ क्रियाशील हुनुपर्छ भने ।

आम नागरिकमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न ‘डिजिटल’ नेपाल ‘फ्रेमवर्क’कार्यान्वयको तयारीमा सरकार रहेको जानकारी दिँदै मन्त्री शर्माले सबै प्राज्ञिक विषयलाई यथासम्भव सूचना प्रविधिसँग जोड्न आग्रह गरिन् । सरकारले आगामी बजेटमा यससम्बन्धी छात्रवृत्तिको व्यवस्था गर्ने जानकारी दिँदै उनिले २०८० साल भित्र सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी कानुन जारी गरिने बताईन् ।

आज भएको सम्झौताअनुसार सूचना प्रविधिमा स्नातकोत्तर तह सातौं सेमिष्टरमा अध्ययनरत विद्यार्थीमध्ये प्रतिस्पर्धाका आधारमा छानिएका ३० जनालाई माइक्रोसफ्ट कम्पनीको व्यावासायिक पाठ्यक्रम पढाइने छ । यसका लागि माइक्रोसफ्ट अमेरिकास्थित मुख्यालयमा एआई निर्देशकका रुपमा कार्यरत समिर थापाले सहजीकरण गरकोे जानकारी कार्यक्रममा दिइएको थियो । विभाग प्रमुख सायमीका अनुसार तालिमपछि ती विद्यार्थीले स्वदेश तथा विदेशमा सम्बन्धित विषयमा आकर्षक तलबसहित रोजगारी पाउने छन् ।
विश्वविद्यालयका निमित्त उपकुलपति चोपलाल भुसालले विश्वविद्यालयमा दिइने सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञानको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै माइक्रोसफ्टका एआई निर्देशक थापाले विश्वविद्यालयका प्राज्ञिक कार्यक्रम र सूचना प्रविधि क्षेत्रको आवश्यकताबीच तालमेल नहुँदा स्नातक र स्नातकोत्तर उपाधि लिएर अमेरिका आएका नेपालीले निम्नस्तरको काम गर्न बाध्य भएकाले भविष्यमा अमेरिका आउन चाहनेहरूलाई लक्ष्य गरी त्रिभुवन विश्वविद्यालयसँग सहकार्यको थालनी गरिएको बताए ।

वि.सं.२०८० माघ ३ बुधवार १५:१६ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...