back
CTIZAN AD

मन्त्री भट्ट भन्छन् मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने

वि.सं.२०८० माघ ४ बिहीवार

1.1K 

shares

चैनपुर (बझाङ) । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

राससका सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले भने, “समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको छ ।”

समाजले नबुझेको कुरा पत्रकारले बुझेको हुन्छ भन्दै मन्त्री भट्टले त्यसैले समाजलाई कुन दिशामा डो¥याउने र समाजको परिवर्तन कसरी गर्ने भन्ने कुरा पत्रकारलाई थाहा हुने स्पष्ट गरे । यसकारण पत्रकारिता पेसामा लाग्ने मान्छे स्वतन्त्र, स्वाभिमानी र जिम्मेवार हुनु जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउन पत्रकार नै लाग्नुपर्नेमा जोड दिए । उनले पत्रकारलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह पनि गरिन् ।

सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई नयाँ ढङ्गबाट उचाइमा पु¥याउन समाचारदाताहरुलाई तालिम सुरु गरेको बताए । राससले लुम्बिनी र गण्डकी प्रदेशका समाचारदाताहरुपछि सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्न लागेको बताए ।

उनले राससले देशका विभिन्न मातृभाषालाई प्राथमिकता दिएको उल्लेख गर्दै मातृभाषामा पनि समाचार सेवा सुरु गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने समाचार लेखनसम्बन्धी यस सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरणमा १८ जना समाचारदाताको सहभागिता रहेको छ ।

वि.सं.२०८० माघ ४ बिहीवार १२:३० मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...