back
CTIZAN AD

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको तलब कति ? (विवरणसहित)

वि.सं.२०८० माघ ४ बिहीवार

1.7K 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री र तीन मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बुधबार मुख्यमन्त्री केदार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, भौतिक पूर्वाधार तथा विकास मन्त्री मन्त्री कमल प्रसाद जवेगु र बन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले बुधबारा सम्पत्ति विवरण बुझाएका हुन् ।

सम्पत्ति विवरणमा मुख्यमन्त्री कार्कीले मोरङको बुढीगंगामा तीनवटा घडेरी र घर, विराटनगर–७ मा तीनवटा घडेरी र सोहि ठाउमै एक विघा दुई कठ्ठा जग्गा देखाएका छन् ।

उनको घर र सबै जग्गा श्रीमती शान्तादेवी वस्नेतको नाममा रहेको छ ।् साथै श्रीमती शान्तादेवीको नाममा बुढीगंगामा रहेको १ कट्ठा १२ धुर जग्गामा घर रहेको सम्पत्ति विवरणमा उल्लेखछ । सम्पत्ति विवरणमा उक्त जग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको रकमबाट जोडेको उल्लेख गरेका छन् ।

त्यसैगरी उनी, श्रीमती र छोराहरुको नाममा समेत कृषि विकास बैक लगायतका बैंकमा ८ लाख रुपैयाँ नगद जम्मा गरेको विवरणमा उल्लेखछ । साथै उनले सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदी रहेकोा उल्लेख गरेका छन् । उक्त सुन र चाँदी विवाह, उपहार तथा केही आफै खरिद गरेको उल्लेख गरेका छन् ।

त्यस्तै कृषि विकास बैंकमा कार्कीको नाममा तलब भत्ता बापत २० हजार ८३ रुपैयाँ, श्रीमती शान्तादेविको नाममा ८२ हजार ५७८ रुपैयाँ र छोराहरु शाब्दीक बाबु कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रुपैयाँ, शांकेत बाबु कार्कीको नाममा ३ लाख ४८ हजार ५८४ रुर्पैयाँ तथा शान्तादेवीको नाममा एभरेष्ट बैंकमा ३ हजार ६६० रुपैयाँ रकम जम्मा भएको् तथा विभिन्न ५२ वटा बैंक तथा कम्पनीका सेयर समेत रहेको विवरणमा उल्लेख छ । मुख्यमन्त्री कार्कीले १ करोड ८ लाख ऋण रहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री उप्रेतीको सम्पत्ति कति ?
त्यसैगरी वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पनि आफ्नो सम्पत्ति विवरण रार्वजनिक गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका उप्रेतीले १० तोला सुन र २० तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । साथै विवरणमा उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुरमा बनेको घर र सुनसरीको इटहरीमा ११ धुर जग्गा गरी दुईवटा घडेरी रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी मन्त्री उप्रेतीको परिवारको नाममा माछापुछ्रे बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ७८ हजार नगद बैंक खातामा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको उल्लेख गरेका छन् । उक्त रकम आफ्नो तलब भत्ता र अन्य शिर्षकमा जम्मा भएको विवरणमा उल्लेख छ ।

उनले सामुहिक रुपमा कृषि व्यवयसाय तथा गाई पालन गरेको विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री शम्शेर राईको सम्पत्ति पाँच ठाउँमा जग्गा र १० तोला सुन
त्यसैगरी नेपाली कांग्रेसको विद्रोही समूहबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका शम्शेर राईले आफ्नो सम्पत्ति विवरणमा इलाममा पाँच ठाउँमा जग्गा र १० तोला सुन रहेको उल्लेख गरेका छन् ।

बुधबार सम्पत्ति विवरण बुझाएका मन्त्री राईले इलामको रोङ गाउँपालिकाको वडा नं ४ र ६ मा विभिन्न पाँच ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी उनले बैंकमा ६२ हजार, सहारा नेपाल बचत तथा ऋण सहकारीमा परिवारका सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको सेयर पुँजी रहेको उल्लेख गरेका छन् ।

त्यस्तै उनले अलैचीको खेती तथा नर्सरी बाख्रा फारम सन्चालन गरिरहेको उल्लेख गरेका छन् ।

मन्त्री जवेगुको सम्पत्ति ११ तोला सुन र ६ कित्ता जग्गा !
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगुले दाइजो बापत १० तोला सुन र ६ कित्ता जग्गा रहेको सम्पत्ति विवरण पेश गरेका छन् ।

एकिकृत समाजवादी पार्टीबाट प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका पाँचथरका जवेगुले पाँचथरको फालेलुङ २ र झापाको मेचीनगरमा ५ मा ६ कित्ता जग्गा रहेको सम्पत्ति विवरण बुझाएका छन् । उनले आाफुसँग ११ तोला सुन, १५ तोला चाँदी रहेको तथा बैंकमा १ लाख रुपैयाँ जम्मा रहेको तथा काबेली हाइड्रो पावर लिमिटेडको ५० कित्ता सेयर रहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै उनले कृषि विकास बैंकमा तलब भत्ता वापत ७० हजार र हिमालयन बैंकमा ३० हजार रकम जम्मा रहेको उल्लेख गरेकाा छन् ।

 

 

 

 

वि.सं.२०८० माघ ४ बिहीवार १७:२८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...