back
CTIZAN AD

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न डा.श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

वि.सं.२०८० माघ ५ शुक्रवार

1.3K 

shares

काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा.श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।

डा.श्रेष्ठको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्यमा छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ अनुसारनै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहनेगरि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस गर्ने समिति गठन गर्नुपर्ने व्यवस्था यस ऐनमा छ ।

यस समितिले प्राप्त निवेदनबाट कम्तीमा तीन जनाको नाम सिफारिस छनौट गर्नुपर्नेछ । यसरी छनौट गरिएका तीन जनामध्ये मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ । धितोपत्र बोर्डको अध्यक्षबाट पुस २० मा रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड पछिल्लो १५ दिनदेखि अध्यक्षबिहिन अवस्थामा छ । अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि सरकारले त्यसो गर्न नसकेको हो ।

वि.सं.२०८० माघ ५ शुक्रवार ११:२९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...