back
CTIZAN AD

एनआरएनएद्धारा रेडक्रस सोसाइटी धनुषालाई मोबाइल ब्लड बस हस्तान्तरण

वि.सं.२०८० माघ ५ शुक्रवार

1.1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ ।

विहिवार जनकपुरमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष डा. केसीले बस हस्तान्तरण गर्दै स्थानीय निकायबीच समन्वय गरेर बस संचालन गर्न आग्रह गरे । उनले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग हुने विश्वास गर्दै विदेशमा सिकेको ज्ञान सिप र पुँजीलाई नेपालमा ल्याउन र नेपालको विकासको लागि लाग्ने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसंग आत्मिय सम्बन्ध रहेको बताए । संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत मधेश प्रदेशबाट विश्वका विभिन्न देशमा पुगेका नेपालीहरुको संस्थामा ठूलो योगदान रहेको उनको भनाइ थियो । संघको परोपकार विभागका संयोजक समेत रहेका डा. शर्माले विगत दुई दशकमा संस्थागत रुपमा नेपालमा १ अर्ब बराबरको परोपकारी काम सम्पन्न भैसकेको बताए ।

कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान, सहायक प्रमुख जिल्ला अधिकारी नरेश प्रसाद सिहं, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

मधेश प्रदेशका स्वास्थ्य मन्त्री विरेन्द्र सिहं र नगरप्रमुख मनोज कुमार शाहको समेत कार्यक्रममा उपस्थिती थियो । मन्त्री सिंहले संघले प्रदान गरेको मोबाइल ब्लड बस सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापा, सचिव पारसमणी पोखरेल, सल्लाहकारहरु टिवि कार्की अतुल कोइराला, विधान संशोधन सुझाव समितिका संयोजक भवानी प्रसाद ओली, पूर्व यूरोप संयोजक सन्तोष भट्टराई, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति थियो ।

 

 

वि.सं.२०८० माघ ५ शुक्रवार १३:२३ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...