back
CTIZAN AD

प्रधानमन्त्री भन्छन् सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन्छ

वि.सं.२०८० माघ ७ आइतवार

660 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमतिका आधारमा शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरेका छन् । असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई निष्कर्षमा पु¥याइने बताए ।

प्रधानमन्त्री दाहालले सबै पक्षसँग छलफल भइरहेको र सङ्घीय संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रत्रि।याको बाँकी काम टुङ्गो लगाइने स्पष्ट पारे । “सत्य निरुपण विधेयकबारे सबैसँग छलफल गरी तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्गो लागेर समितिमा गएको छ । सदन खुल्ने वित्तिकै फुल हाउसमा लगेर प्राथमिकताका साथ टुङ्गो लगाइन्छ”, उनले भने ।

प्रधानमन्त्रीले दाहालले सहमतिबाट सो विधेयकलाई टुङ्गो लगाउन आफू प्रयासरत रहेको स्पष्ट पारे । उनले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाईसमेत सोही अनुसार काम कारबाही गर्न स्पष्ट निर्देशन दिइएको बताए ।

“मन्त्रीलाई लक्ष्य दिएर काम गराउने, सरकारको कामलाई गति दिने, जिम्मेवारीलाई ठिक ढङ्गले सम्पादन नभए सोही अनुसार निर्णय गर्नेछौँ”, प्रधानमन्त्री दाहालले भने । क्षमता र अनुभवका हिसाबले नेपालको कर्मचारीतन्त्र कमजोर नभए पनि तत्परता, गम्भीरता, पहलकदमी लिने आँटमा केही कमी भएको उनकोे भनाइ छ ।

आफूले मुख्य सचिव, सचिव र कर्मचारीतन्त्रसँग नियमित रुपमा छलफल गरिरहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

वि.सं.२०८० माघ ७ आइतवार १२:०२ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...