back
CTIZAN AD

जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल गरिँदै

वि.सं.२०८० माघ ९ मंगलवार

894 

shares

जुम्ला । जुम्ला–डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए ।

गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ । बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए । ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरी नेतृत्वले टिमले अनुगमनसमेत गरेको छ ।

सडक ग्रोबल भएपछि पर्यटकीय क्षेत्र गुठीचौरसम्म जाने सडक बाह्रैमहिना सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए । यो सडक खण्डमा बर्खामा मानिसलाई हिँड्न गाह्रो हुन्थ्यो, ग्राबेल भएपछि सहज भएको उनको भनाइ छ । गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरी काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको १४ किलोमिटर सडकलाई यसै वर्षभित्र ग्राबेल गर्ने गरी काम गरिने कार्यालयले जनाएको छ । पञ्चवर्षीय योजना अन्तर्गत तीन वर्ष वितिसकेको छ । रु ३२ करोडको बोलपत्र आह्वान भएकोमा कनकासुन्दरी निर्माण सेवा कम्पनीले रु १७ करोडमा १४ किलोमिटर सडक ग्राबेल गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयमा सूचना अधिकारी टेकबहादुर हितानले बताए ।

जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माणले गति लिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर छ । थप सडक निर्माण र स्तरवृद्धिका लागि बजेटको अभावले काम गर्ने कठिन भएको कार्यालय प्रमुख विष्टको भनाइ छ ।

जुम्ला–डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालबाहक ट्र्याक्टर तथा साना सवारी गुडिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

 

वि.सं.२०८० माघ ९ मंगलवार १४:३८ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...