back
CTIZAN AD

आगलागीबाट कोरियामा २ सय २७ पसल जले

वि.सं.२०८० माघ ९ मंगलवार

1.1K 

shares

सोल । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ ।

राति करिब ११ः०८ बजे आगलागी भएको थियो ।राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा रहेको काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो ।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् । आगलागी हुँदा बजारमा कोही मानिस नभएकाले मानवीय क्षति भने भएको छैन । दमकल अधिकारीहरूले आगो निभाउन ३६१ वटा दमकल र ४५ वटा दमकल इन्जिनहरू परिचालन गरेका थिए ।
घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ ।
सिन्ह्वा /फाइल फोटो

वि.सं.२०८० माघ ९ मंगलवार १४:३९ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...