back
CTIZAN AD

मधेश प्रदेश : राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न

वि.सं.२०८० माघ ११ बिहीवार

960 

shares

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ ।

आज बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए ।

मधेश प्रदेशसभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताए ।
मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ । अन्य (खुला) र महिलातर्फका दुई सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा हुनुहुन्छ । दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना (धनुषा), नेकपा (एमाले) बाट कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीबाट रामशङ्कर महासेठ (धनुषा) को उम्मेदारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी (पर्सा), जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) उम्मेदवार छन् ।

वि.सं.२०८० माघ ११ बिहीवार १५:४४ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...