back
CTIZAN AD

महानगरका ‘बर्थिङ सेन्टर’बाट एक सय २६ जनाले लिए सेवा

वि.सं.२०८० माघ ११ बिहीवार

903 

shares

भरतपुर (चितवन) । चितवनको भरतपुर महानगरपालिकाभित्रका ‘बर्थिङ सेन्टर’बाट यो आर्थिक वर्षमा एक सय २६ जनाले प्रसूति सेवा लिएका छन । महानगरका पाँच स्वास्थ्य संस्थामा रहेका बर्थिङ सेन्टरबाट पुस मसान्तसम्म एक सय २६ जनाले सेवा लिएका हुन् ।

मेघौली स्वास्थ्य चौकीबाट ४५, जगतपुर स्वास्थ्य चौकीबाट २३, गुन्जनगर स्वास्थ्य चौकीबाट ३४, शारदानगर स्वास्थ्य चौकीबाट १६ र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट आठ जना महिलाले प्रसूति सेवा लिएका छन । गत वर्ष यी स्वास्थ्य संस्थाबाट दुई सय २४ जनाले प्रसूति सेवा लिएका थिए ।

महानगरका सबै स्वास्थ्य संस्थामा सुत्केरी गराउन तालिमप्राप्त स्वास्थ्यकर्मी राखिएको महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताए । स्वास्थ्य संस्थामा चौबीसै घण्टा सेवा उपलब्ध रहेको भन्दै उनले महानगरले प्रसूति सेवा लिन आउनेलाई एम्बुलेन्स खर्चको समेत व्यवस्था गरेको जानकारी दिए । “रु दुई हजारसम्म एम्बुलेन्स खर्च उपलब्ध गराउँछौँ”, उनले भने, “जन्मदर्ता प्रमाणित गरेपछि वडाबाटै रकम प्राप्त गर्न सकिन्छ ।” यसबाहेक सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको आठपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएको आठ सय र सुत्केरी गराएबापतको रु दुई हजार पनि उपलब्ध गराउँदै आएको भट्टले बताए ।

सुत्केरी भएपछि पनि स्वास्थ्य संस्थाबाट तीन दिन, सात दिन र छ हप्तामा स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा प्रदान गर्ने गरेका छन् । गुञ्जनगरबाहेक सबै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने महिलाका लागि निःशुल्क प्रयोगशालाको व्यवस्था गरिएको अधिकृत भट्टले बताए ।

मेघौली स्वास्थ्य चौकीकी स्वास्थ्य स्वयम्सेविका बिष्णुमाया राना थापाले गरिब विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारबाट प्रसूति सेवा लिनका लागि आउने गरेको बताए । पछिल्लो समय शल्यक्रिया गरेर प्रसूति हुने दर बढेका कारण पनि बर्थिङ सेन्टरबाट सेवा लिने घटेको बताए ।

सामान्य अवस्थामा भरतपुर अस्पताल जानु नपर्ने भन्दै स्थानीयस्तरबाटै सेवा लिन नागरिकलाई सचेत गराउनुपर्ने उनको भनाइ छ । मेघौली स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट प्रसूति सेवा लिएकी भरतपुर–२८ की कमली कुमालले यहाँ राम्रो सेवा पाएको बताइृन् । उनिले आफूले यहाँ नै नियमित गर्भजाँच गराएको भन्दै रातको समयमा पनि स्थानीय स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेपछि खुसी लागेको बताइृन् ।

वि.सं.२०८० माघ ११ बिहीवार १५:५३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...