back
CTIZAN AD

हिमपात र वर्षाले खुसी भए म्याग्दीका किसान

वि.सं.२०८० माघ ११ बिहीवार

915 

shares

म्याग्दी (बेनी) । म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो । लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् ।

गहुँ, जाँै, आलुलगायतका हिउँदेबाली पानी नभएर सुक्न थालेको अवस्थामा पानी परेपछि राहत भएको रघुगङ्गा गाउँपालिका–३ का किसान तुलबहादुर केसीले बताए । “खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भए पनि वर्षा भयो राम्रो भयो”, उनले भने ।

म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । गुर्जा, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, ठाडाखानी, कुइनेखानी, नाँगी, शिखलगायतका बस्तीमा हिमपात भएको छ । जिल्लाको मुख्य पर्यटकीयस्थल पुनहिल, घोडेपानी, खोप्रा, खयरलेक, मोहरेडाँडा, टोड्के, गाम्फाधुरी, भेडिओढारलगायतका ठाउँमा समेत हिमपात भएको छ ।

पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन् । यस वर्षको पहिलो हिमपात भएकाले यसले हिउँदे खेतीबालीमा किसानलाई राहत भएको धवलागिरि गाउँपालिका–५ मल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले राससलाई बताउनुभयो । हिउँदको सुक्खायाममा हिमपात हुँदा खेतीबालीमा मलजलका लागि उपयुक्त हुने किसान बताउँछन् ।

वि.सं.२०८० माघ ११ बिहीवार १५:५९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...