back
CTIZAN AD

वैदेशिक व्यापारका सूचक घटे पनि राजस्व सङ्कलनमा वृद्धि

वि.सं.२०८० माघ १३ शनिवार

1.1K 

shares
काठमाडौँ । मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ । जुन छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।
राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रुपमा लिइने गरिएको छ । मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल, पेट्रोल, जिप, कार, भ्यान, तयारी कपडालगायत वस्तु रहेका छन् ।
उक्त वस्तुबाट गत आवको पुुस मसान्तसम्म रु ६६ अर्ब ५६ करोड (कूल राजस्वको ३५ दशमलव चार प्रतिशत) राजस्व सङ्कलन भएकामा यस आवको पुस मसान्तसम्म रु ८२ अर्ब ७८ करोड (कूल राजस्वको ४१ दशमलव चार प्रतिशत) सङ्कलन भएको छ । गत आवको तुलनामा सो राजस्व २४ दशमलव चार प्रतिशतले बढी हो ।
गत आव पुस महिनासम्मको तुलनामा रु २० अर्ब ६९ करोड बढी राजस्व उठेको छ जुन रकम अहिलेसम्म सङ्कलन भएको राजस्वको १० दशमलव तीन प्रतिशत राजस्व हो । भन्सार विभागको चालु आवको पुस मसान्तसम्म रु तीन खर्ब छ अर्ब १७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कूल रु दुई खर्ब १० करोड राजस्व सङ्कलन गरी लक्ष्यको तुलनामा ६५ दशमलव ३६ प्रतिशत राजस्व सङ्कलन भएको छ । जुन वार्षिक लक्ष्यमा ३१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।,
विभागले सङ्कलन गर्ने राजस्वमा मुख्यतः भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको हिस्सा रहेको छ । भन्सार प्रशासनबाट चालु आवको पुस मसान्तसम्म सङ्कलित कूल राजस्वमध्ये रु ८८ अर्ब ८० करोड भन्सार महसुल, रु ८७ अर्ब ४१ करोड मूल्य अभिवृद्धि कर, रु १८ अर्ब १० करोड अन्तःशुल्क सङ्कलन भएको जनाएको छ ।
त्यस्तै रु दुई अर्ब ४१ करोड सडक मर्मत तथा सुधार दस्तुर, रु तीन अर्ब ३९ करोड सडक निर्माण तथा सम्भार दस्तुरबापत सङ्कलन भएको छ । जुन सोही अवधिमा सङ्कलित राजस्वमध्ये भन्सार महसुलको हिस्सा ४४ दशमलव एक प्रतिशत, मूल्य अभिवृद्धि करको ४३ दशमलव सात प्रतिशत, अन्तःशुल्क नौ दशमलव एक प्रतिशत, सडक मर्मत तथा सुधार दस्तुुर एक दशमलव दुई प्रतिशत र सडक निर्माण तथा सम्भार दस्तुर एक दशमलव सात प्रतिशत रहेको छ ।
विभागको तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समीक्षा अवधिमा नेपालले कूल रु आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । सोमध्ये रु सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रु ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ ।
उक्त व्यापारलाई विश्लेषण गर्दा नेपालले सो अवधिमा करिब रु सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । पुस मसान्तसम्ममा रु छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो । गत आवको पछिल्लो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।
नेपालले सबैभन्दा धेरै भारतसँग रु चार खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ । छ महिना अवधिमा भारतबाट रु चार खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने रु ५० अर्ब ४४ करोड २२ लाख बराबर मात्रै छ । नेपालले उच्च व्यापार घाटा व्यहोरेका मुलुकमा तीन, संयुक्त अरब इमिरेट्स, युक्रेन र मलेसिया क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचाँै नम्बरमा छन् । पुस मसान्तसम्ममा चीनसँग रु एक खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार, संयुक्त अरब इमिरेट्ससँग रु १२ अर्ब २६ करोड, युक्रेनसँग रु नौ अर्ब ९६ करोड र मलेसियासँग रु आठ अर्ब ६० करोड बराबर व्यापार घाटा छ ।
नेपालको वैदेशिक व्यापारमा नाफा कमाएका मुलुकको सूचीमा संयुक्तराज्य अमेरिका पहिलो स्थानमा छ । चालु आर्थिक वर्षको छ महिना अवधिमा नेपालले अमेरिकाबाट रू सात अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा रू आठ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ । अर्थात् रू ७० करोड ३६ लाख बराबरको व्यापार नाफा अमेरिकासँग भएको छ ।
पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा रु ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, रु ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, रु २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

वि.सं.२०८० माघ १३ शनिवार १४:२३ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...