back
CTIZAN AD

१५ वर्ष कुवेतमा विताएर फर्किएका केशवबहादुर बाख्रापालनमा रमाउँदै

वि.सं.२०८० माघ १३ शनिवार

1.2K 

shares

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन् ।

पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी गरिरहेका छन् । “पन्ध्र वर्ष कुवेतमा रोजगारी गरेँ, सधैँ परिवारसँग बिछोडिएर विदेश बस्न मन लागेको थिएन”, उनले भने, “स्वदेश फर्केपछि रु छ लाख लगानी गरेर घरमा व्यावसायिक बाख्रा पाल्न थालेको हुँ ।”

विदेशमा मासिक ५० हजार कमाई गर्ने केशवबहादुरले अहिले सो बराबरको कमाई बाख्रापालनबाट हुने गरेको बताए । कम लगानी र थोरै मेहनतमा प्रशस्त आम्दानी गर्न सकिने भएकाले बाख्रा पाल्ने सोच आएको उनको भनाइ थियो ।

“वार्षिक खसीबोका बिक्रीबाट रु चार लाखसम्म आम्दानी हुने गरेको छ,” केशवबहादुरले भने, “भैँसी, बुङ्गुर पनि पालेको छु । त्यस छुट्टै कमाई भइरहेको छ ।” अहिले खोरमा ४५ वटा बाख्रा रहेका उनले जानकारी दिए । उनका अनुसार आगामी वर्ष बिक्रीका लागि तयार गर्नेगरी अहिले २५ वटा पाठापाठी हुर्किरहेका छन् ।

बाख्रालाई चाहिने दाना, पानी, घाँस, पराल सबै आफैँले गर्ने गरेको केशवबहादुरले बताए । “जमुनापारि जातका बाख्रा पालेको छु । तीन वर्ष भयो, आम्दानी प्रशस्त भइरहेको छ । यसबाट जीविकोपार्जनमा सहज भइरहेको छ”, उनले भने, “एउटा खसी एक वर्षमा ४५ किलोसम्मको बनाएर बेच्ने गरेको छु । एउटा खसी बेच्दा रु २५–३० हजारसम्म पर्ने गरेको छ ।”

कालीगण्डकी करिडोरअन्तर्गतको गैँडाकोट रामपुर सडक खण्डसँगै जोडिएको घरमा केशवबहादुरले दुईवटा आधुनिक बाख्राको खोर बनाउनु भएको छ । अरूभन्दा छिटो आम्दानी हुने र मेहनत पनि कम लाग्ने भएकाले बाख्रा पाल्न थालेको उनको भनाइ थियो । “विदेश छाडेर आएपछि व्यावसायिक बाख्रापालन थालेको छु । यहीँ पेसालाई निरन्तरता दिँदै जाने हो”, उनले भने ।

घाँसका लागि दुई बिघा जमिनमा घाँस खेती गरेको केशवबहादुरले जानकारी दिए । “बर्खा मौसमलाई पनि हुने गरी पाखो बारीमा घाँस लगाएको छु । हिउँदका लागि घर नजिकैको खेतमा लगाएको छु”, उनले भने । कुवेतमा दैनिक १२ घण्टा श्रम गरेर फर्केको अनुभव अझै ताजा रहेको बताउँदै अहिले घरआँगनमा परिवारसँगै काम गर्न पाउँदा धेरै सहज भएको उनले अनुभव सुनाए ।

बाध्यताले विदेश गएको भन्दै केशवबहादुरले गाउँघरमा आम्दानीका अवसर खोज्न सकिने बताए । “विदेशमा गर्ने मेहनतको आधा मेहनत मात्र यहाँ गर्ने हो भने राम्रो कमाई हुने रहेछ”, उनले भने, “अहिलेका युवा पुस्तालाई काम सानो ठूलो हुँदैन भन्ने बुझाउन सके परदेशमा दुःख पाउने थिएनन् ।”

कृषि तथा पशुपालनमा विभिन्न अनुदान र सहुलियत पाइने सुनेको भए पनि अहिलेसम्म कहीँ कतैबाट सहयोग नपाएको केशवबहादुरले बताए । उनले भने, “अनुदान अहिलेसम्म केही पनि पाएका छैनौँ । सरकारी अनुदान साना किसानका लागि अनुदान तथा तालिमको व्यवस्था गरे सहज हुने थियो ।” file photo

 

वि.सं.२०८० माघ १३ शनिवार १८:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...