काठमाडौं । अष्ट ज कृषि सहकारी संस्थाको ११ औ साधारण सभाबाट चन्द्रीका राना थापा (चन्दा थापा) अध्यक्षमा निर्वाचित भएकी छन् ।
जल, जमिन, जंगल, जडिबुटी, जलबायू, जनावर, जनशक्ति र जराजुरी नेपालको आत्मनिर्भर र स्वाधीन विकासका लागि मेरुदण्ड बराबरी भन्ने भावमा कृषि व्यवसायीकरणको राष्ट्रिय जागरणलाई टेवा पु¥याउने उद्देश्य सहित किसानहरुको आर्थिक जीवनस्तर सुधार्दै नेपाललाई आत्मनिर्भर बनाउन योगदान दिने अभिप्रायले स्थापित अष्ट ज अभियानमा आवद्ध देशैभरीका अभियन्ता, कृषक, उत्पादक तथा उपभोक्ता समेत सहभागी भै स्थापना भएको अष्ट ज कृषि सहकारी संस्थाको ११ औ बार्षिक साधारण सभाबाट उपाध्यक्षमा कल्पना तिमिल्सना, सचिवमा भुपराज भुसाल, कोषाध्यक्षमा गोमता शर्मा, सदस्यमा मित्र बहादुर राना, ओवि शर्मा तिवारी र सरस्वती रजवार निर्वाचीत भएका छन् ।

साथै संंस्थाको ऋण समितिमा संयोजक : भुपराज भुसाल तथा सदस्यहरुमा लक्ष्मी न्यौपाने र विकास पौडेल रहेका छन् भने लेखा समितिमा संयोजकः घनलाल काफ्ले तथा सदस्यः सन्तोष गौतम र रश्मी श्रेष्ठ रहेका छन् ।
संस्थाको आमन्त्रित स्थायी सल्लाहाकारमा लोककृष्ण भट्टराई र निलकण्ठ तिवारी रहेका छन् भने सल्लाहकारमा रुद्र प्रसाद शर्मा, हिमाञ्चलराज भट्टराई, खोजराज कटुवाल, मिना शर्मा, डा. माधव अधिकारी, युवराज भण्डारी, पुष्पलाल पाण्डे, एक नारायण काफ्ले, प्रकाश नेपाल, कल्पना केसी र कृष्णराम मगराती लगायत रहेका छन् ।

अध्यक्ष रुद्र शर्माको सभापतित्व, सचिव भुपराज भुसालको संचालन तथा अभियन्ता कल्पना तिमिल्सीनाको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको प्रमुखअतिथि हिमांचलराज भट्टराई, वरिष्ठ कृषि ब्यबशायी खोजराज कटुवाल, सामाजिक अभियन्ता तथा गैरआवासीय नेपाली कृष्ण तिवारी, अष्ट ज अभियन्ता डा माधव अधिकारी लगायतले शुभकामना दिएका थिए ।
सो कार्यक्रममा अध्यक्ष रुद्र शर्माको संस्थागत प्रतिवेदन, उपाध्यक्ष चन्द्रिका राना थापाको आगामी कार्ययोजना र कार्यवाहक कोषाध्यक्ष भुपराज भुसालको आर्थिक प्रतिवेदन पास गरिएको थियो ।

साधारणसभामा नीलकण्ठ तिवारी संयोजक तथा डा. माधव अधिकारी र कृष्णराम मगराती सदस्य रहेको अध्यक्ष मण्डल तथा पुष्पलाल पाण्डे र एकनारायण काफले रहेको निर्वाचन समिति बनाईएको थियो । साधारणसभामा पुराना र नया थप गरी १४ लाख शेयर थप्ने घोषणा भएको थियो ।
वि.सं.२०८० माघ १३ शनिवार २०:४८ मा प्रकाशित






























