back
CTIZAN AD

बैठक गर्न कठिनाइ भएपछि देउसी भैलोबाट सङ्कलित रकमले भवन निर्माण

वि.सं.२०८० माघ १५ सोमवार

1.2K 

shares

तनहुँ । व्यास नगरपालिका-१ स्थित डमौली टोल विकास संस्था र उज्ज्वल आमासमूहले भवन निर्माण कार्य सुरु गरेका छन् । देउसी भैलोबाट सङ्कलन भएको रकमबाट भवन निर्माण कार्य अघि बढाइएको हो ।

भवन नहुँदा टोल र समूहको बैठक तथा कार्यक्रम गर्न कठिनाइ भोग्नुपरेपछि भवन बनाउन कस्सिएको डमौली टोल विकास संस्थाका अध्यक्ष भक्त दरैले जानकारी दिए । टोल विकास संस्था र आमासमूहको संयुक्त लगानीमा भवन निर्माण कार्य अघि बढाइएको उनले बताए ।

भवन निर्माण गर्ने अठोटका साथ विभिन्न माध्यमबाट स्रोत जुटाएर दुवै संस्थाले काम गर्न लागेको उनले बताए । करिब रु २४ लाखमा चार आना जग्गा खरिद गरी अहिले ढलानको काम भइरहेको छ । उनका अनुसार भवन निर्माणपश्चात् संस्थाको कामकाजमा सहज हुनेछ ।

गत वर्ष नगरपालिका कार्यालयबाट भवन निर्माणका लागि रु १० लाख आर्थिक सहयोग गरिएको थियो । आमासमूह र टोल विकास संस्थाको गरी भवन निर्माणमा रु ३२ लाख खर्च हुने देखिएको छ । टोल विकास संस्थाको तुलनामा आमासमूहको लगानी बढी रहेको टोल विकास संस्थाका सचिव पदमबहादुर अधिकारीले बताए ।

एक सय १५ घर टोल विकास संस्था र आमासमूहमा आबद्ध छन् । भवन निर्माणका लागि प्रत्येक घरबाट न्यूनतम रु पाँच हजारका दरले रकम उठाइएको छ । साविक ठूलोगाउँ टोल विकास संस्थाबाट फुटेर विसं २०७६ मा दर्ता भएपछि पहिलो निर्वाचित कार्यसमितिका पदाधिकारीबाट भवन निर्माण कार्य भएको हो ।

उक्त वडामा २९ वटा टोल विकास संस्था रहेका छन् । त्यसमध्ये कुन्छाली, मिलन, सिर्जनशील, अडमपानी, मुसेखोला, चारकुने, रत्यौली, निर्मललगायतले आफ्नै भवन निर्माण गरिसकेका छन् । तिहारका समयमा देउसी भैलो तथा विदेशबाट आएका लाहुरेबाट खुसी मनले दिएको दान रकमले भवन निर्माण गर्न लागेको उज्ज्वल आमासमूहकी अध्यक्ष चन्द्रकला थापाले जानकारी दिइन् ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८० माघ १५ सोमवार १२:३१ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...