back
CTIZAN AD

आयोगले लियो विकास साझेदारसँग सुझाव

वि.सं.२०८० माघ १६ मंगलवार

753 

shares

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा आज यहाँ भएको छलफलमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् ।

नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले संयुक्त रुपमा गरेका छन् । छलफलमा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डीले सफल एलडिसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताए । अन्य सहभागी विकास साझेदारहरुले आफ्ना देशीय कार्यक्रमलाई १६औँ योजना र एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनुपर्नेमा जोड दिएका थिए ।

आयोगका उपाध्यक्ष डा श्रेष्ठले विकास साझेदारहरुबाट प्राप्त रचनात्मक सुझावलाई १६औँ योजनामा समावेश गर्ने बताए । आयोगले आजै १६औँ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो ।

वि.सं.२०८० माघ १६ मंगलवार २२:३१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...