back
CTIZAN AD

वडाले दियो विपन्न परिवारलाई विद्युत् मिटर

वि.सं.२०८० माघ १८ बिहीवार

1.2K 

shares
टक्सार (भोजपुर) । विपन्नताका कारण विद्युत् बाल्नबाट बञ्चित परिवारलाई वडा कार्यालयले मिटर किनेर विद्युत् बाल्ने व्यवस्था मिलाएको छ । भोजपुर नगरपालिका-५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेको छ ।
नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत् सेवाबाट बञ्चित भएकाले बजेट व्यवस्थापन गरिएको वडाध्यक्ष फविन्द्र प्रधानले बताए । “टुकीको उज्यालोमा रहेका १६ परिवारलाई वडामार्फत विद्युत् प्राधिकरणबाट मिटर खरिद गरी बिजुली बाल्ने व्यवस्था मिलाएका छौँ”, वडाध्यक्ष प्रधानले भने, “वडाले विद्युत् बाल्ने व्यवस्था मिलाएपछि अहिले विद्युत् बाल्न पाएकामा ती परिवारसमेत हर्षित हुनुहुन्छ ।”
वडा नं ५ मुढेका रेवतीप्रसाद कोइरालाले वडाले विद्युत् बाल्ने अवसर दिएकामा खुसी हुँदै भने, “विपन्नताका कारण घरमा विद्युत् सेवा पुग्न सकेको थिएन, वडाको सहयोगमा बिजुली पुग्यो, हामीलाई खुसी लागेको छ ।”
आर्थिक अवस्थाका कारण विपन्न परिवारका लागि राज्यका निकाय सहयोगी बन्नुपर्ने अवस्थामा वडाले विद्युत् सेवाका लागि सहयोग गरेको अर्का स्थानीय लक्ष्मण श्रेष्ठले बताए । बोखिममा मात्र होइन, विद्युत् प्राधिकरणले विद्युतीकरणको कार्य तीव्र बनाएसँगै जिल्लाको दक्षिण आमचोक गाउँपालिकाको वडा नं ३ थिदिङ्खामा पनि विद्युत् सेवा पुगेको छ ।
विद्युतीकरण भएसँगै आमचोकको थिदिङ्खामा पनि विद्युत् बल्न सुरु भएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्राविधिक काजीमान राईले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा समेत विद्युतीकरणको कार्य अहिले भइरहेकाले नागरिकलाई विद्युत् बाल्न सहज भएको राईको भनाइ छ ।
थिदिङ्खाका रामबहादुर सुवेदी अहिले घरमा बिजुलीको सुविधा पुगेकामा खुसी छन् । अहिलेसम्म टुकीको भरमा उज्यालो बाल्दै आएका सुवेदीको घरमा अहिले विद्युत् प्राधिकरणले लाइन जडान गरिदिएको छ । विगतमा सदरमुकाम र आसपासमा मात्र विद्युत्को पहुँच पुगेको भए पनि अहिले गाउँगाउँमा विद्युत् सेवा पुग्न थालेको छ ।
भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिकामा विद्युतीकरण कम भएको छ । ती क्षेत्रमा पनि क्रमिकरूपमा विद्युतीकरणको कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।
“गाउँ-गाउँमा बिजुली पुग्दै गएको छ, कति ठाउँमा जडान हुँदैछ, जिल्लाका धेरै स्थानमा प्राधिकरणले विद्युत् सेवा पुर्याएको छ”, वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले भने । भोजपुरमा २०६७ साल कात्तिकदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् सेवा सञ्चालनमा ल्याएको थियो ।
रासस/फाइल फाेटाे

वि.सं.२०८० माघ १८ बिहीवार १४:४१ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...