back
CTIZAN AD

हिंसात्मक झडपपछि एक सय भन्दा बढी रोहिङ्ग्या शरणार्थी हिरासतबाट भागे

वि.सं.२०८० माघ १९ शुक्रवार

1.2K 

shares

क्वालालम्पुर, मलेसिया  । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि गरे ।

प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताए ।

उनले उत्तर–दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको बताए ।
प्रहरीका अनुसार दङ्गा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ ।

आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेशिया र बङ्गलादेशको शरणार्थी शिविरहरूमा रहँदै आएका छन् । यसमध्ये अधिकांश बङ्गलादेशमा रहेका दर्जनौँ शरणार्थी शिविरहरूमा रहेका छन् ।

गरिबीसँग जुध्दै रोजगारीको अवसरका लागि बङ्गलादेश र म्यान्माबाट थाइल्याण्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्छन् ।

पक्राउ परेमा उनीहरूलाई सामान्यतया भीडभाड र फोहोर अवस्थामा रहेका हिरासत केन्द्रमा पठाइने गरेको अधिकारवादी समूहहरूले बताउने गरेका छन् ।

मलेसियामा एक लाखभन्दा बढी रोहिङ्ग्याहरू अवैध रूपमा स्थापित व्यवसायिक संस्था र अन्य कम तलबका काम गर्छन् ।(रासस/एएफपी)

 

वि.सं.२०८० माघ १९ शुक्रवार १३:५८ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...