back
CTIZAN AD

केन्याको राजधानीमा भीषण आगलागी ,२०० भन्दा बढी घाइते

वि.सं.२०८० माघ १९ शुक्रवार

1.3K 

shares

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका छन् ।

सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन् , “विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ ।”

“फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधनहरू र व्यावसायका लागि राखिएका समानमा थप क्षति पु¥याएको छ”, उनले भने, “घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ । घटना रातिको समय भएकोले धेरै बासिन्दा घरभित्र रहेकोले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ ।

दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको र अन्य २२२ जनालाई राजधानीका विभिन्न अस्पतालमा लगिएको सरकारी प्रवक्ताले जानकारी दिए ।

यसअघि केन्या रेडक्रसले करिब ३०० जना घाइते भएको जानकारी दिएको थियो ।

घटनास्थलमा उपलब्ध एएफपीका पत्रकारका अनुसार अग्निनियन्त्रकहरूले स्थानीयसमयअनुसार बिहान ७ ः०० बजेसम्म आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । त्यस क्षेत्रबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको थियो ।

राजधानीको दक्षिणपूर्वी क्षेत्रमा बिहीबार राति आगलागी भएको थियो ।

स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको तस्बिरमा धेरै घरनजिकै ठूलो आगोको गोला देखिएको छ ।

एएफपीका एक पत्रकारका अनुसार धेरै घर र सवारी साधन जलेका छन् ।

“हामी घरमा थियौं र ठूलो विस्फोटको आवाज सुन्यौं,” आगो लागेको ठाउँको छेउछाउमा बस्ने जेम्स एनगोगेले एएफपीलाई बताए ।

उनले भने, “विस्फोटका कारण आएको आवाज र ठूलो कम्पनले पूरै भवन हल्लिएको थियो, यो ढल्न लागेको जस्तो लाग्यो । सुरुमा त हामीलाई के भइरहेको छ भन्ने पनि थाहा थिएन, यो भूकम्पजस्तै थियो ।”

घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए ।

सञ्चारमाध्यमले देखाएका भिडियो तथा तस्बीरमा प्रहरीले प्रभावित क्षेत्रलाई घेरेको छ तर केही मानिसहरूले आफ्ना सामानहरू सङ्कलन गरेको र क्षतिको सर्वेक्षण गरेको देख्न सकिन्छ ।

“घटनास्थल सुरक्षित भइसकेको छ र उद्धार र अन्य हस्तक्षेप प्रयासमा सहयोग पु¥याउन कमाण्ड सेन्टर बनाइएको छ,” मवौराले भने ।

यसअघि, सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको थियो भने ७० जना घाइते भएका थिए ।(रासस/एएफपी)

 

वि.सं.२०८० माघ १९ शुक्रवार १४:११ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...