back
CTIZAN AD

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

वि.सं.२०८० माघ १९ शुक्रवार

4.2K 

shares

बेलायत । स्कटल्याण्डमा आगलागीमा परेर दुई नेपाली चेलीको निधन भएको छ ।

स्कटल्यान्ड एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २० वर्षीया आँचल सुबेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ आफु बसेको घरमा भएको आगलागीमा परेर ज्यान गएको हो ।

एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार डा शिव तिवारीका अनुसार सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा तलको फ्लाटबाट आगलागी भएको थाहा पाएपछि फ्लाटको ढोका बन्द गरेर बाहिर निस्कने क्रममा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ ।
उनीहरु दुवैजनाको शरीरको भागमा कतै पनि जलेको नपाइएकोले यस्तो आशंका गरिएको पनि डा तिवारीले जानकारी दिएका छन् ।
डा यज्ञ सुवेदीका तीन छोरीमध्य एकको विवाह भएर अन्तै बसेको र शिक्षा र आँचल बाबुआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गरेको बताइएको छ ।

उनीहरु दुवैजनाको मृत्युको खबरले सबैलाई स्तब्ध तुल्याएको एनआरएनए युकेले जनाएको छ । ‘आँचल र शिक्षाको असामयिक निधन भएको खबरले अत्यन्त दुखी तुल्याएको छ ।’ गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०८० माघ १९ शुक्रवार १४:१७ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...