back

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

वि.सं.२०८० माघ १९ शुक्रवार

3.8K 

shares
GLOBAL IME AD
NTC AD

बेलायत । स्कटल्याण्डमा आगलागीमा परेर दुई नेपाली चेलीको निधन भएको छ ।

स्कटल्यान्ड एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २० वर्षीया आँचल सुबेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ आफु बसेको घरमा भएको आगलागीमा परेर ज्यान गएको हो ।

एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार डा शिव तिवारीका अनुसार सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा तलको फ्लाटबाट आगलागी भएको थाहा पाएपछि फ्लाटको ढोका बन्द गरेर बाहिर निस्कने क्रममा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ ।
उनीहरु दुवैजनाको शरीरको भागमा कतै पनि जलेको नपाइएकोले यस्तो आशंका गरिएको पनि डा तिवारीले जानकारी दिएका छन् ।
डा यज्ञ सुवेदीका तीन छोरीमध्य एकको विवाह भएर अन्तै बसेको र शिक्षा र आँचल बाबुआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गरेको बताइएको छ ।

उनीहरु दुवैजनाको मृत्युको खबरले सबैलाई स्तब्ध तुल्याएको एनआरएनए युकेले जनाएको छ । ‘आँचल र शिक्षाको असामयिक निधन भएको खबरले अत्यन्त दुखी तुल्याएको छ ।’ गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले दुःख व्यक्त गरेका छन् ।

वि.सं.२०८० माघ १९ शुक्रवार १४:१७ मा प्रकाशित

‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’

‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको...

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

घर खर्च चलाउने माध्यम बन्यो सागसब्जीखेती

अत्तरिया (कैलाली) । कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम...

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख...

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक दैनिक ६ घण्टा बन्द हुने

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि...

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

कांग्रेस नेता तीर्थराम डङ्गोलको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको...