back
CTIZAN AD

चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर, एक सय १२ लाभान्वित

वि.सं.२०८० माघ २१ आइतवार

1.1K 

shares

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोट¥याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोट¥याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो । स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोट¥याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।

शिविरबाट चेपाङ बस्तीका एक सय १२ जना लाभाविन्त भएका छन् । सो अवसरमा जनरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दाँतसम्बन्धी विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो । शिविरमा स्वास्थ्यपरीक्षणका साथै निःशुल्क औषधि प्रदान गरिएको थियो भने निःशुल्क मधुमेह परीक्षण र रक्तसमूह पहिचान गरिएको विमलीले जानकारी दिए ।

क्लबले एक घर, एक फस्ट एड किट अभियान अन्तर्गत ४६ परिवारलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए ।

शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाकोस्तरमा धेरै पछाडि रहेकाले उनीहरुको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताए ।

 

वि.सं.२०८० माघ २१ आइतवार १५:२४ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...