back
CTIZAN AD

हिमालको गहना याक चौँरी संरक्षणका लागि राईको नेतृत्वमा बन्यो कोशी प्रदेश समिति

वि.सं.२०८० माघ २१ आइतवार

1.1K 

shares

भोजपुर । लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन भएका छन् । ‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ चखेवामा अधिवेशन गरिएको हो ।

पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा भएको प्रथम अधिवेशनबाट राईको अध्यक्षमा विभिन्न जिल्लाको प्रतिनिधित्व हुनेगरी नौ सदस्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा खोटाङका दुर्गाधन राई, सचिवमा सोलुखुम्बुका थुतोप दोर्जे शेर्पा, कोषाध्यक्षमा भोजपुरकी किमा शेर्पा चयन भएका छन् ।

याक चौँरीको संरक्षणसँगै यसको व्यवसायीकरणका लागि किसान एकजुट भएर लाग्न महासङ्घको गठन गरिएको महासङ्घका केन्द्रीय महासचिव पावीहाङ राईले जानकारी दिए । “याक चौँरीपालक पहिलो अधिवेशन सम्पन्न गरेको छौँ”, उनले भने, “महासङ्घले याक चौँरीको संरक्षण तथा कृषकलाई एकजुट बनाएर यहाँ देखिएका समस्याको समाधानमा पहलकदमी गर्नेछ ।” २८ जिल्लामा समिति विस्तारको काम भइरहेको उहाँले जानकारी दिए ।

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले याक चौँरीको संरक्षण तथा यस क्षेत्रको समस्या समाधानका लागि आफ्नो तहबाट पहल कदमी गर्ने बताए । यो व्यवसायलाई पर्यटनसँग जोडेर यहाँको आयस्रोतका रुपमा लैजानुपर्ने उनको भनाइ थियो ।

“याक चौँरी संरक्षणका लागि महासङ्घलाई आवश्यकअनुसार सहयोग गनेछु”, वान्तावाले भने, “यसलाई कृषि पर्यटनका रुपमा विकास गरेर कृषकको आयआर्जनसँग जोड्न आवश्यक छ । हामीले उत्पादनमूलक काममा ध्यान दिन जरुरी छ ।”

डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले याक चौँरीको चरीचरनका लागि सामुदायिक वनको कार्ययोजना बनाउन सहजीकरण गर्ने बताए ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले याक चौँरीको संरक्षणले वातावरणको पर्यावरण सुधारमा सहयोग पुग्ने भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए । यो व्यवसायलाई जीविकोपार्जनसँग जोडर लैजानुपर्ने उनको भनाइ थियो । स्थानीय सरकारसँग थोरैमात्र बजेट हुने भएकाले महासङ्घले केन्द्र तथा प्रदेश सरकारसँग आवश्यक समन्वय तथा सहकार्यका लागि योजनाबद्धरुपमा लाग्नुपर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले ऐतिहासिक कामको थालनी भएकाले यसले याक चौँरीको संरक्षण तथा विकासमा टेवा पुग्ने बताए । पालिकाले कृषि तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले कृषि उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको धारणा रादे ।  महासङ्घले थालेको काम पालिकाको नीति तथा कार्यक्रमसँग मिल्ने उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति सभापति कमल थुलुङले महासङ्घले याक चौँरीको संरक्षणका लागि थालेको काम प्रशंसायोग्य रहेको बताउँदै यसलाई किसानको आयस्रोतसँग जोडेर लैजानुपर्ने बताए ।

याक चौँरीपालन व्यवसाय लोप हुने अवस्था पुगेकाले यसको संरक्षणका लागि जुटेको कार्यक्रमका अध्यक्ष तथा केन्द्रीय सचिव चन्द्र नेपालले बताउनुभयो । यसको संरक्षणसँगै किसानका समस्या समाधनमा राज्यले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

 

वि.सं.२०८० माघ २१ आइतवार १५:२५ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...