काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका- ८ का काठमाडौं महानगरपालिका-३१ बस्ने ईश्वर बिकास श्रेष्ठ रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा ८ लाख ७५ हजार रूपैयाँ विगो वापतको रकम र ३ दिन कैद जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको गौशालाबाट सोमबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १४:५३ मा प्रकाशित






























