काठमाडौं । आमा बितेको एकबर्ष पुग्दा पनि न्याय नपाएको भन्दै स्यांङ्जाका एक युवकले संजालमार्फत् न्याय मागेका छन् ।
एक बर्ष अगाडी पारिवारिक हिंसा र कुटपीटबाट ज्यान गुमाएकी आफनी आमालाई न्याय नमिलेको भन्दै छोरा किस्मत न्यौपानेले संजालमार्फत न्याय गुहारेका छन् ।
उनले भनेका छन् ‘म त्यो समाजमा हुर्केको व्यक्ति हो जहाँ अन्यायका निम्ति आवाज उठाउन पनि डराउँछन् । अपराधीलाई अपराधी भन्न समेत डराउँछन ? अपराध गरेको हैनन् भने किन घटना बारे लुकाउने ? अपराधिक क्रियाकलाप गर्ने बचाउने पनि अपराधी नै हो….?
‘दुःख सुख आफ्नो जीवनमा आउने सुनौला किरणहरुको प्रतिक्षा गर्दै आएकी मेरी आमालाई निर्ममतापूर्वक कुटपिट गरी घरमा आउने मानिसलाई विभिन्न बहाना बनाई घरमा कोही कसैलाई पर्न नदिई १५–१६ घण्टा सम्म बन्धक बनाएर राख्ने र त्यसमा साथ दिने अपराधीहरुलाई समाजले बहिष्कार गर्न सक्नु पर्दथ्यो तर विडम्वना अपराधीको विपक्षमा एक शव्द वोलिदिने मेरो समाजमा एकजना भेटिएन एउटा अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिसंग सिंगो समाज नै डरायो वा अपराध र अपराधीलाई वचाऊन सिंगो समाज लागि पर्यो …? जसका लागि म मेरो घर अनि गाऊँ नै छोड्न वाध्य भएको छु’ किस्मतले असहज भएर गाउ छाडेको कुरा सार्वजनिक गरेका छन् ।
कमलाका श्रीमान र जेठाजू लगायत घरपरिवारवाट कुटपिट गरि १४–१५ घण्टा वन्धक वनाई कोठामा थुनेर राखिएको आरोप पीडितपक्षले लगाउदै आएको थियो । अनुसन्धान प्रक्रिया फितलो गराउन षडयन्त्र गरीएको भन्दै परीवारले आवाज उठाउदै आएको थियो । अहिले मुद्दा अदालतमै चलिरहेको छ ।
वि.सं.२०८० माघ २३ मंगलवार १६:२५ मा प्रकाशित






























