back
CTIZAN AD

पदयात्रा पर्यटनलाई उत्पादनसँग जोड्नुपर्ने

वि.सं.२०८० माघ २३ मंगलवार

834 

shares

गण्डकी । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनमा पदमार्ग क्षेत्रका बासिन्दा, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच आज पोखरामा गरिएको अन्तक्र्रियामा सहभागी वक्ताले पदयात्रा पर्यटन प्रवद्र्धनसँगै उत्पादनसँग जोड्न सके अधिकतम लाभ लिन सकिने बताए ।

तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनःनक्साङ्कन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालकसहित अन्तक्र्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

पछिल्लो समयमा नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको सहश्राब्दी पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले पदमार्ग क्षेत्रका बासिन्दाले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुुको विकल्प नभएको बताए ।

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूूर्यबहादुर कुँवरले सहश्राब्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुुपर्नेमा जोड दिए । पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उनले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुुको विकल्प नहुुने धारणा व्यक्त गरे ।

पर्यटन विज्ञ डा श्रीकान्त खतिवडा, पृथ्वीनारायण क्याम्पस भूूगोल विभाग प्रमुख नरेश पौडेल तथा सहप्राध्यापक एवं पुनःनक्साङ्कन उपसमिति संयोजक डा रामजी पोखरेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आलेलगायतले पदमार्ग क्षेत्रका बासिन्दाले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुनसक्नेमा जोड दिए ।

सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना सङ्क्रमणका समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुुमार गुरुङले बताए ।

 

वि.सं.२०८० माघ २३ मंगलवार १६:२७ मा प्रकाशित

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...