back
CTIZAN AD

चुरोट तथा सूर्तीजन्य पदार्थको लत हटाउन चाहानुहुन्छ ? यी हुन् डा. अनिलका ८ सुझाव

वि.सं.२०८० माघ २३ मंगलवार

2.3K 

shares

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले धुम्रपान तथा सूर्तिजन्य पर्दाथहरुको सेवनको लत हटाउन चाहानेका लागि केही सुझाव दिएका छन् ।

विशेष गरेर सर्वसाधारणको स्वास्थ्यमा चासो दिँदै सामाजिक संजालमार्फत् सचेतना जगाउँदै आएका डा. अनिलले धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनको लत छुटाउन चाहानेका लागि आठवटा टिप्स दिएका छन् ।

यस्तो छ डा. अनिलको टिप्स
१-चुरोट छोड्ने बेलामा ‘एउटा मात्रै’ भन्ने विचार मनमा आउन दिनु हुँदैन । ‘एउटा मात्रै’ बाट सुरु गरेर फेरि पहिला जस्तै लत लाग्न सक्छ ।

२–आफुलाई काममा व्यस्त राख्नुहोस, जसले गर्दा ध्यान चुरोटको सेवनतिर नजावोस् । चुरोटको सेवन गर्ने इच्छा जागेमा ‘केही बेर पर्खिन्छु’ भन्दै ध्यान अन्यत्र लग्नुहोस् ।

३ तपाईले जुन ठाउँहरुमा पहिला चुरोटको सेवन गर्नुहुन्थ्यो, त्यहाँ नजानुहोस्, चुरोटको सेवन गर्ने व्यक्तिहरुको संगत केही दिनको लागि छोड्नुहोस् ।

४ यस अवधि भरिमा आफ्ना मित्रहरु र परिवारका सदस्यलाई तपाईको समक्षमा धुम्रपान नगरिदिन आग्रह गर्नुहोस् ।
५ राति चाँडै सुत्नुहोस्, आराम गर्नुहोस् र मानसिक तनाव कम गर्नुहोस् ।

६ चुरोटको सेवन छोडेपछि हुने फाइदाको बारेमा सोचेर आफ्नो मनोबल बढाउनुहोस् । सुरुको केही हप्तामा मात्रै अलि अलि अप्ठेरो भएपनि पछि चुरोट नखाने बानी बस्छ ।

७–चुरोट छोड्ने प्रयास गरेर असफल भएपनि निराश हुनु हुँदैन । किनभने चुरोट सफलतापूर्वक छाडिसकेका धेरै व्यक्तिहरु सुरुमा असफल भएका हुन सक्छन् । त्यसैले फेरि कोशिष गर्नुहोस् । एकदिन तपाई चुरोटको लतबाट मुक्त हुनुहुन्छ ।

८–चुुरोटको सेवन बन्द गरेको कुरा सबैलाई भन्नुहोस् । यसले तपाईलाई पुन ः सेवन गर्नबाट रोक्न मद्दत गर्दछु ।

वि.सं.२०८० माघ २३ मंगलवार १६:५० मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...