मकवानपुर । लागूऔषध ६४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–७ रमौलीका ४५ वर्षीय जगत बहादुर प्रजा रहेका छन् ।
प्रजालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८० माघ २४ बुधवार १४:४८ मा प्रकाशित






























