back
CTIZAN AD

प्रतिनिधिसभा बैठक : संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग

वि.सं.२०८० माघ २४ बुधवार

762 

shares

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

संसद्को गत अधिवेशनमा एकमात्र कानुन बनेको र संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको हुँदा प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै उनले चालु अधिवेशनमा सभामुखबाट ल्याइएको कार्यतालिकाको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले प्रमुख प्रतिपक्षका हैसियतले एमालेले जनताका विकास र निर्माणका सवाललाई घनिभूतरुपमा उठाउने बताए । उनले एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी (पुष्पलाल) सङ्कल्प यात्राका क्रममा प्राप्त जनताका अपेक्षा र चाहनालाई समेटेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको ध्यानाकर्षण कार्यान्वयन हुनुपर्ने माग गरे ।

उनले राष्ट्रिय गौरवका आयोजनादेखि गाउँगाउँका खानेपानी, विद्यालय भवन र स्थानीय तहका आधारभूत अस्पताल निर्माणका काम गर्नुपर्ने भन्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

नेता गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालनको माग गर्नुभयो । उहाँले रुसी सेनामा कामका लागि गएका नेपालीहरु उद्धार गरी नेपाल ल्याउन र इजरायलमा सम्पर्कबिहीन भएका विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले देशभित्र रोजगारी दिन पनि नसक्ने र कामका लागि दक्षिण कोरिया जान खोजेका युवाले गोली लागेर ज्यान गुमाउनुपर्ने अवस्था दुखद् भएको बताए ।

बैंकहरुले वर्षमा चार पटकसम्म ब्याजदर बढाएर उद्यमी र ऋणीलाई डुबाएको र सहकारी सञ्चालकले बचतकर्तालाई रुँदै सडकमा आउन बाध्य पार्ने स्थिति भएको उल्लेख गर्दै उनले यसमा सरकारले यस्ता मुद्दामा जति सुकै बलिया व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गरे । उनले एनसेनको शेयर खरिद प्रक्रियामाथिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरे ।

वि.सं.२०८० माघ २४ बुधवार १४:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...