back
CTIZAN AD

नेपालले दियो क्यानडालाइ जितका लागि २२५ रनको लक्ष्य

वि.सं.२०८० माघ २५ बिहीवार

741 

shares

काठमाडौँ । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनायो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडे । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए । खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनपुग्यो । सुरुआती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए । उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भए । उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट हुन पुगे । नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । नेपालका लागि अर्धशतकीय इनिङ्स खेलेका उनले ६२ जोडे ।

त्यसपछि चौथो विकेटको रूपमा नेपालले भीम सार्कीलाई गुमायो । भीमले २६ बल खेल्दै दुई चौकाको मद्दतमा १७ रन जोडे । कुशल मल्ल ३२ बलमा एक चौका र एक छक्काको मद्दतमा २० रन बनाउँदै आउट भए । कुशल हर्ष थेकरको बलमा निकोलस किर्तनबाट क्याच आउट भएका हुन् ।

त्यसैगरी नेपालले छैटौँ विकेटको रुपमा आरिफ शेखलाई गुमायो । आरिफले ५० बलमा चार चौकासहित ३८ रन बनाए । त्यसपछि पवन सर्राफ आउट भए । उनले ३४ बलमा एक चौका प्रहार गर्दै १५ रन बनाए । उनी ४१ ओभर एक बलमा शाहिद अहमदजाइको बलमा आउट भए । खेलको ४८ ओभर पाँच बलमा सोमपाल कामी उदय भागवानको बलमा परगत सिंहबाट क्याच आउट भए ।

उनन्चास ओभर पाँच बलमा नेपालले नवाँै विकेटको रूपमा रिजन ढकाललाई गुमायो । उनी चार बलमा चार रन जोड्दै ईश्वरजोतको बलमा आउट भए । त्यसैगरी नेपालले अन्तिम विकेटको रुपमा ललित राजवंशीलाई गुमायो । ललित खेलको अन्तिम बलमा रनआउट हुन पुगे ।

बलिङतर्फ क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई÷दुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट झारे ।

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ गते तेस्रो खेल खेल्नेछ ।

वि.सं.२०८० माघ २५ बिहीवार १३:५२ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...