back
CTIZAN AD

जलवायु परिवर्तनको प्रभाव : पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५ डिग्री सेल्सियसभन्दा माथि 

वि.सं.२०८० माघ २५ बिहीवार

969 

shares
पेरिस । पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् ।
आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि गरेको छ, जसले गर्दा यो सम्भवतः एक लाख वर्षयताकै सबैभन्दा तातो बर्ष भएको छ ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस) ले सन् २०२३ को फेब्रुअरीदेखि सन् २०२४ को जनवरीसम्म १९औं शताब्दीको उच्च रेकर्डभन्दा १.५२ डिग्री सेल्सियस बढी तापक्रम वृद्धि भएको पुष्टि गरेको छ ।
यो पेरिस जलवायु सम्झौताको महत्वपूर्ण १.५ डिग्री सेल्सियसको ‘अधिकतम तापमान सीमा’को गम्भीर पूर्वाभास हो, तर यसले दशकौंसम्म मापन गरिने सीमाको स्थायी उल्लङ्घनको सङ्केत नगर्ने वैज्ञानिकहरूले बताएका छन् ।
‘पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का जोहान रकस्ट्रोमले भने, “हामी १.५ डिग्री सेल्सियसमा छुँदैछौं र हामी लागत, सामाजिक लागत र आर्थिक लागत देख्छौं।
“सन् २०२३ मा लामो समयसम्म तापक्रम १.५ डिग्री सेल्सियसभन्दा धेरै रहेको देखिएको छ र यसले हामीलाई गर्मीको लहर, खडेरी, बाढी, प्रबलित आँधीबेहरी, सम्पूर्ण विश्वमा पानीको अभावको सन्दर्भमा वास्तवमै नराम्रोसँग असर पु¥याउँछ । सन् २०२३ ले हामीलाई यही कुरा सिकाएको छ ।
हालैका महिनाहरूमा अमेजन क्षेत्रमा विनाशकारी खडेरी, दक्षिणी युरोपका केही भागहरूमा जाडोमा पनि तापक्रममा वृद्धि, दक्षिण अमेरिकामा घातक डढेलो र क्यालिफोर्नियामा उच्च वर्षाजस्ता पृथ्वीभरि चरम घटनाहरू भएका छन् ।
“यो स्पष्ट रूपमा मानवताका लागि चेतावनी हो । हामीले हस्ताक्षर गरेको १.५ डिग्री सेल्सियसको सीमामा हामी अपेक्षा गरेभन्दा बढी गतिमा अघि बढिरहेका छौं”, रकस्ट्रोमले एएफपीसँग भने, “यद्यपि, एल निनो समाप्त भएपछि तापक्रम केही घट्नेछ ।”
कोपर्निकसका अनुसार सन् १८५० देखि १९०० सम्मको जनवरीको औसतको अनुमानभन्दा १.६६ डिग्री सेल्सियस बढी तापक्रम रेकर्ड भएको उच्च मासिक तापक्रमको लगातार यो आठौं महिना हो ।
“सन् २०२४ को सुरुवात अर्को रेकर्ड तोड्ने महिनाको साथ भएको छ । यो रेकर्डमा सबैभन्दा न्यानो जनवरी मात्र होइन तर हामीले पूर्व–औद्योगिक सन्दर्भ अवधिभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढीको १२ महिनाको अवधि पनि अनुभव गरेका छौं,” सीथ्रीएसका उपनिर्देशक सामन्था बर्गेसले भने ।
मुख्यतया जीवाश्म ईन्धनको जलनबाट हालैका वर्षहरूमा ग्रह–ताप उत्सर्जन वृद्धि भइरहेको छ । यो दशकमा तापक्रम लगभग आधाले घट्न आवश्यक छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समिति (आईपीससिी)ले विश्व ३० को दशकको सुरुमा १.५ डिग्री सेल्सियसको तापक्रमले निकै प्रभावित बन्नेछ चेतावनी दिएको छ ।
इम्पेरियल कलेज लण्डनस्थित जलवायु विज्ञान र नीतिका प्राध्यापक जोरी रोगेल्जले एएफपीसँग भने, “धेरै तातो वर्षहरूको उत्तराधिकार प्रकृति र मानिसहरू दुवैका लागि नराम्रो समाचार हो जसले यी चरम वर्षहरूको प्रभाव महसुस गरिरहेका छन् ।”
उनले भने, “यदि विश्वव्यापी उत्सर्जनलाई तत्काल शून्यमा झारिएन भने विश्वले चाँडै नै पेरिस जलवायु सम्झौतामा निर्धारित सुरक्षा सीमाहरू पार गर्नेछ ।”
कोपर्निकसका अनुसार जनवरीमा उत्तर–पश्चिमी अफ्रिका, मध्यपूर्व र मध्य एसियाका साथै पूर्वी क्यानडा र दक्षिणी युरोपमा तापक्रम औसतभन्दा निकै माथि थियो ।
उत्तरी युरोप, पश्चिमी क्यानडा र संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा तापक्रम औसतभन्दा कम देखिएको थियो ।
संसारका केही भागहरूमा जनवरीमा असामान्य रूपमा बर्षाको अनुभव गरिरहँदा उत्तरी अमेरिका, हर्न अफ अफ्रिका र अरब प्रायद्वीपको अधिकांश भाग सुख्खा भएको थियो ।
गर्मी र खडेरीसँग जुधिरहेको चिलीमा सुख्खा मौसमका कारण लागेको डढेलो नियन्त्रणमा नआएको र अझै पनि खतरा कायम रहेको  उनले बताए ।
यो अवस्था फेब्रुअरीसम्म पनि जारी रहेको छ र शुक्रबारदेखि सुरु भएको डढेलोले तटीय भाल्पाराइसो क्षेत्रको छेउछाउमा व्यापक क्षति प्ुगेको छ । यहाँ डढेलोका कारण १३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
कोपर्निकसका अनुसार दक्षिणी प्रशान्त महासागरको समुद्री सतहलाई तातो बनाउने एल निनो विषुवतीय प्रशान्त क्षेत्रमा कमजोर हुन थालेको छ ।
यसैबीच, समुद्री सतहको तापक्रमले पनि रेकर्ड तोड्ने क्रम जारी राखेको छ ।
रकस्ट्रोमले  भने, “सन् २०२३ यस्तो वर्ष हो, जहाँ समुद्रको गतिशीलता निकै कमजोर भएको छ ।”
महासागरले ग्रहको ७० प्रतिशत भाग ओगटेको छ र औद्योगिक युगको सुरुवातदेखि नै मानव गतिविधिबाट कार्बन प्रदूषणबाट उत्पन्न अतिरिक्त तापको ९० प्रतिशत अवशोषित गरेर पृथ्वीको सतहलाई जीवित राखेको छ ।
तातो महासागरको अर्थ वायुमण्डलमा अधिक आर्द्रता हुनु हो, जसले गर्दा अनियमित मौसम, जस्तै भीषण हावा र शक्तिशाली वर्षा हुन्छ ।

वि.सं.२०८० माघ २५ बिहीवार १७:१४ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...