back
CTIZAN AD

शशिला मोटर्स र उलिङ्ग मोटर्स होल्डिङ्गबीच भ्यान बिक्री गर्ने सम्बन्धी सम्झौता

वि.सं.२०८० माघ २६ शुक्रवार

1.4K 

shares

काठमाडौं । शशिला मोटर्स र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबीच भ्यान बिक्री गर्ने सम्बन्धी सम्झौता भएको छ । नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक गर्ने सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको हो ।

उक्त सम्झौतामा शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्गका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

भ्यानमा ४१.८७ किलोवाट आवरको ब्याट्री प्याक जडान भएर आउने उक्त भ्यानले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कम्पनीले यसमा ८ वर्ष अर्थात ४ लाख किलोमिटर वारेन्टी दिने जनाएको छ ।

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुने विश्वास लिएको छ ।

नेपालको यातायात क्षेत्र विद्युतिकरणमा रुपान्तरण हुँदै गइरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुने कम्पनीको दाबी छ । यसका साथै कार्वन उत्सर्जनमा कमी गर्न यसले महत्वपूर्ण योगदान पुर्याउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उलिङ मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुनेछन् ।

वि.सं.२०८० माघ २६ शुक्रवार १४:१० मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...