काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् ।
संविधानको धारण २८२ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले पोर्चुगलका लागि सनिल नेपाल र क्यानडाका लागि भरतराज पौडेललाई राजदूत नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार दुवैजनाको संसदीय सुनुवाईको प्रक्रिया भइसकेका थियो ।
वि.सं.२०८० माघ २६ शुक्रवार १६:५० मा प्रकाशित






























