back
CTIZAN AD

पाकिस्तानमा खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई प्रारम्भिक अग्रता 

वि.सं.२०८० माघ २६ शुक्रवार

1K 

shares
इस्लामावाद ।  पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १५० सिटमा अग्रता लिएको दाबी गरेको छ ।
पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको एक भिडियोमा पूर्व प्रधानमन्त्री खानले पीटीआईले १५० मतको अग्रता लिएको उल्लेख गरिएको छ ।
शुक्रबार बिहानसम्म सार्वजनिक १३ स्थानको नतिजामा खान निकट स्वतन्त्र उम्मेदवारले पाँच र पूर्व प्रधानमन्त्री नवाज सरिफ निकट पाकिस्तान मुश्लिीम लीग–नवाज (पीएमएल–एन) ले चार स्थानमा जीत हाँसिल गरेका छन् ।
मत गणनासँगै थप उर्जावान बनेका खानले भिडियोमा पञ्जाब, खैबर पख्तुनख्वालगायत सम्पूर्ण पाकिस्तानमा पीटीआईको नेतृत्वमा सरकार बनाउने दाबी गर्नुभएको छ ।
खानको आधिकारिक एक्स अकाउन्ट भनिने पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको नामबाट खोलिएको एक्स अकाउन्टमा एक भिडियोमा लेखिएको छ, “इन्शअल्लाह पीटीआईले पञ्जाब, केपी र संघीय क्षेत्रमा सरकार बनाउनेछ । रातारात परिणाम परिवर्तन गर्ने कुनै पनि प्रयासलाई पाकिस्तानका जनता वा स्थानीय र अन्तर्राष्ट्रिय पर्यवेक्षक र मिडियाले कुनै पनि हालतमा विफल पार्नेछन् र स्वीकार गर्ने छैनन् ।”भिडियोमा भनिएको छ, “पीटीआईले २०२४ को चुनावलाई पूर्ण बहुमतले जितेको छ । संसारले यसको साक्षी बनायो । अब परिणामको हेरफेरले पूर्ण अराजकता र अस्थिरताबाहेक अरू केही हासिल गर्दैन । जनताले निर्णय गरेका छन् ! उनीहरूको निर्णयको सम्मान गरौँ ।”
यसबीच पीटीआईका महासचिव ओमार अयुब खानले भनेका छन्, “व्यापक धाँधली भइरहेको छ र यो पूर्णतया असम्भव छ ।”
उनले निर्वाचन व्यवस्थापन प्रणालीको विश्वसनीयता र ‘पर्दा पछाडिको प्रणालीलाई नियन्त्रण गर्ने अरू कोही’ को बारेमा उनको आशङ्काको बारेमा चेतावनी दिँदै भनेका छन् “मैले पहिले पनि ‘आरओ’हरूलाई चुनावपछि केही पनि धाँधली नगर्न भनेको थिएँ, तर उनीहरूले त्यही गरिरहेको देखिन्छ । आरओ एनए १९७ का शब्दहरूले राष्ट्रलाई पिरोल्न पुगेको देखिन्छ ।
उनले थपे, “पूर्णतया अस्वीकार्य !! पीटीआईले करिब दुई करोड ५० लाखदेखि तीन करोडसम्म भोट पाएको छ । पाकिस्तानका जनता र देशले यस्ता ‘धँदला काल (२०१८ देखि २०२३ सम्म’ को अवधि) पीडादायी घटनालाई थप सहन सक्दैन ।”
यसैबीच, पीएमएल–एनकी नेतृ मरियम औरङजेबले पञ्जाब प्रान्तमा पीएमएल–एनले जितेको दाबी गर्नुभएको छ । उनले भने, “पाकिस्तान मुस्लिम लिग (एन) ले सङ्घ र पञ्जाबमा सरकार बनाउनेछ र सार्वजनिक सेवाको नयाँ युग सुरु हुनेछ ।”
औरङजेबल अगाडि भने, “पार्टीको निर्वाचन समितिको नतिजा आउने क्रम जारी छ । मोबाइल र इन्टरनेट सेवा उपलब्ध नहुँदा नतिजा प्राप्त गर्न कठिन भएको छ । मुस्लिम लीग (एन) को स्थिति मजबूत छ ।”
उनले अल्लाहको कृपाले पाकिस्तान मुस्लिम लिग (एन) ले जनताको सेवा गर्ने र उनीहरूलाई उनीहरूको समस्याबाट सदा झैं मुक्त गर्ने आफ्नो गम्भीर प्रतिबद्धता पूरा हुने बताएका छन् ।
खानको दल पीटीआईले नतिजा सार्वजनिक गर्न ढिलाई भएपछि नतिजामा व्यापक धाँधली भएको आरोप लगाए पनि पाकिस्तानको गृह मन्त्रालयले भने नतिजाको प्रक्रियामा ढिलाई भइरहेको चिन्ताको पुनरावलोकन गरिएको जनाएको छ । मन्त्रालयले ढिलाइलाई निर्वाचन सुरक्षाका लागि अपनाइृएको ‘सञ्चारमा नियन्त्रण’ को कारण बताएको छ ।
यसैबीच निर्वाचन आयोगले निर्वाचन नतिजा सार्वजनिक गर्न ढिलाई भएको स्वीकार गर्दै विविध प्राविधिक कारणले नतिजा घोषणामा ढिलाई भएको तर सन्तोषप्रद नै रहेको भन्दै आगामी नतिजा कुनै अवरोधविना सहजरूपमा आउने विश्वास व्यक्त गरेको छ । (रासस÷एएफपी)

वि.सं.२०८० माघ २६ शुक्रवार १७:०१ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...