back
CTIZAN AD

प्रिमियर कप क्रिकेट : नेपालले मलेसियालाई दियो एक सय १६ रनको लक्ष्य

वि.सं.२०८० फागुन ४ शुक्रवार

1K 

shares

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् ।

त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन ।

मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन । मलेसिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
फोटो : क्यान

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:२९ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...