back
CTIZAN AD

इनरुवा-दुहबी सडकखण्ड चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

वि.सं.२०८० फागुन ४ शुक्रवार

906 

shares

इनरुवा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा-दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा-१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै सुरु हुने उल्लेख गरे । “सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै सुरु हुन्छ”, उनले भने ।

फरक प्रसङ्गमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्करुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताए । त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा–५ का वडाध्यक्ष अनिल पोखरेल, कांग्रेस सुनसरीका पङ्कज महतो, वीरेन्द्रकुमार साहलगायतको सहभागिता रहेको थियो । सहभागीले इनरुवा–दुहबी सडक निर्माण सुरु गर्नका लागि आग्रह गरेका थिए ।

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:४७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...