back
CTIZAN AD

भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय

वि.सं.२०८० फागुन ४ शुक्रवार

933 

shares

नोम पेन । कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई-दुई वर्षको जेल सजाय सुनाइएको छ ।

प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ-चुआन र ३४ वर्षीय लु सु-सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो ।”

“दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,” अदालतले भनेको छ ।

अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पु¥याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको हो ।

अदालतले उनीहरूलाई जनही दुई वर्षको जेल सजाय सुनाएको छ र झण्डै दुई हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिएको छ ।

प्रान्तीय सरकारले ती व्यक्तिहरूले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’ सहितको भिडियो बनाएको बताएको छ ।

अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्फत् भ्रामक सामग्री सम्प्रेषण गरी मानिसहरूलाई प्रलोभनमा पारेर पीडितहरूलाई ठूलो रकम ठग्ने गरेका पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ ।

ताइवानको केन्द्रीय समाचार संस्था (सीएनए) का अनुसार ती मध्ये एक व्यक्तिले सोमबार राति एक भिडियोको प्रत्यक्ष प्रशारण गरेका थिए ।

भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ ।

सीएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन् ।

गत अगष्टमा संयुक्त राष्ट्रसङ्घले दक्षिणपूर्वी एसियामा आपराधिक गिरोहहरूले लाखौं मानिसहरूलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले एक रिपोर्टमा भनेको छ, “अनलाइन अपराधमा काम गर्न धेरैलाई तस्करी गरिएको छ र यातना वा यौन हिंसाजस्ता गम्भीर उल्लङ्घनको सामना गर्नुपरेको छ ।
एएफपी/सांकेतिक फाेटाे

वि.सं.२०८० फागुन ४ शुक्रवार १४:०४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...