back
CTIZAN AD

गगनसिंह थापा स्मृति कपः एकता र शम्भु सुनन्दा फाइनलमा प्रवेश

वि.सं.२०८० फागुन ४ शुक्रवार

1.3K 

shares

टीकापुर । कैलालीको जानकी गाउँपालिकामा सञ्चालन भइरहेको गगनसिंह थापा स्मृति कप फुटबल प्रतियोगिता २०८० को फाइनलमा एकता युवा क्लब खैरीफाँटा र शम्भु सुनन्दा युवा क्लब प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल जानकी गाउँ समितिको आयोजनामा भइरहेको प्रतियोगिताको बिहीबार सम्पन्न सेमिफाइनल खेलबाट विजेता एकता र शम्भु सुनन्दा फाइनलमा प्रवेश गरेका हुन् ।

माघ २९ गतेदेखि शुरु भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा बिहीबार सम्पन्न सेमिफाइनलमा आयोजक समूह बीलाई पराजित गर्दै एकता फाइनल प्रवेश गरेको हो ।

त्यस्तै युथ अफ टीकापुरलाई पराजित गर्दै शम्भु सुनन्दाले फाइनलमा स्थान बनाएको हो । निकै प्रतिस्पर्धात्मक भएका सेमिफाइनलमा दुबै खेल टाइब्रेकरमा पुगेका थिए ।

एकताले आयोजकलाई ४–३ र शम्भु सुनन्दाले टीकापुरलाई ५–४ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएका हुन् ।

नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य एवं वरिष्ठ साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा तरुण दल जानकी गाउँ समितिले प्रतियोगिता आयोजना गरेको हो ।

तरुण दल जानकीका अध्यक्ष निराजन बिक्रम शाहले दिएको जानकारी अनुसार १ लाख १ हजार नगद पुरस्कार रहेको प्रतियोगिताको फाइनल खेल ५ गते सुवणर्पुरमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार पुरस्कार र द्धितीय हुने टिमले ५१ हजार नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक गगन फाउण्डेशन रहेको शाहले जानकारी दिए ।

 

वि.सं.२०८० फागुन ४ शुक्रवार १५:४९ मा प्रकाशित

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...