back
CTIZAN AD

मिर्गौला रोगबाट पीडित पत्रकार स्याङ्तानको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

वि.सं.२०८० फागुन ४ शुक्रवार

966 

shares

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार प्रेम स्याङ्तानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासंघ काठमाडौं शाखाका सदस्य ४२ वर्षीय स्याङ्तानका उपचारको क्रममा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित पत्रकार स्याङतानको उपचारत अवस्थामा बिहीबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा निधन भएको हो ।
विगत एक वर्षदेखि परिवारसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको पत्रकार आवसगृहमा रहेर मिर्गौलाको डायलासिस र उपचार गराउँदै आएका थिए स्याङ्तान ।

वैदेशिक रोजगारीका सिलसिलामा रहँदा नेपाल पत्रकार महासंघ कतार शाखामा आवद्ध रही सहसचिवको जिम्मेवारी निर्वाह गरेका स्याङ्तानले स्वास्थ्य समस्याका कारण स्वदेश फर्किएर आफ्नो महासंघको सदस्यता काठमाडौं शाखामा स्थानान्तरण गरेका थिए । त्यस क्रममा उनले राजधानी दैनिकलगायतका पत्रपत्रिका काम गरेका थिए ।

पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका स्याङतानकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय स्याङतानका श्रीमती र दुई छोरीे छन् ।

‘महासंघ स्वर्गीय पत्रकार स्याङतानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेखछ ।

वि.सं.२०८० फागुन ४ शुक्रवार १५:३७ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...